काठमाडौं । सांसद श्रीकृष्णप्रसाद अधिकारीले सरकारले अनावश्यक विषयलाई प्राथमिकतामा राख्दा नागरिक समस्यामा परेको बताएका छन् ।
शुक्रबारको राष्ट्रियसभा बैठकमा बोल्दै बजार अनुगमन र कालाबजारी नियन्त्रणमा सरकार भूमिकाहिन हुँदा महँगीले चुल्हो धानिनसक्नु अवस्था आएको बताए । सरकारले पेट्रोलियम पदार्थमा मूल्य समायोजन गर्नै नचाहेको र महँगीप्रति बेखबर बसेको उनको आरोप छ ।
राष्ट्र बैंको तथ्यांक प्रस्तुत गर्दै ०८३ असार मसान्तसम्म वार्षिक उपभोक्ता मुद्रास्फीति ५.२२ प्रतिशत पुगेको भन्दै गत वर्ष मुद्रास्फीति २.७२ प्रतिशत रहेको बताए । “फलफूलको मूल्य १७.४ प्रतिशत, घिउ तथा तेल १५.१ प्रतिशत, माछामासु ५.२६ प्रतिशत र तरकारी ४.१४ प्रतिशतले बढेको छ,” अधिकारीले भने, “चाडपर्वको मुखमा उपभोग्य वस्तुको चर्को मूल्यवृद्धिका कारण आधारभूत विपन्न जनता मारमा परेका छन् ।”
उनले महँगी नियन्त्रण, बजार अनुगमनका साथै उत्पादन, भण्डार, ढुवानी, आयात, थोक र खुद्रा व्यापारसम्मको सम्पूर्ण आपूर्ति श्रृंखलामा सुधार आवश्यक रहेको बताए । दैनिक अत्यावश्यक वस्तुको उत्पादनदेखि उपभोक्तासम्मको मूल्य श्रृंखलाको डिजिटल सूची सार्वजनिकगर्न र कालाबजारी नियन्त्रणमा लाग्न सरकारको ध्यानाकर्षण गरे ।












प्रतिक्रिया