राजनीति-समाज

विपद् व्यवस्थापनमा मन्त्रालय संवेदनशील छ : गृहमन्त्री गुरुङ

विपद् व्यवस्थापनमा मन्त्रालय संवेदनशील छ : गृहमन्त्री गुरुङ


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आफ्नो जिम्मेवारीमा रहेको विपद् व्यवस्थापनका विषयमा मन्त्रालय संवेदनशील रहेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्दै उनले सांसद गोपाल शर्माले जाजरकोट र रुकुम पश्चिमका विपद्बाट प्रभावित नागरिकको उद्धार तथा राहतका सम्बन्धमा सोधेको प्रश्नको जवाफ दिएका हुन् ।

Advertisement

गृहमन्त्री गुरुङले विपद्मा एक परिवारबाट एक व्यक्तिले मात्र लाभ प्राप्त गर्ने कानुनी व्यवस्था रहेको बताए । एकभन्दा बढी व्यक्तिलाई लाभ प्रदान गर्न विपद् आउनुअघि नै अंशबण्डा भएको र अलग बसेको हुनुपर्ने व्यवस्था रहेको उनले उल्लेख गरे ।

उक्त व्यवस्था संशोधन गरी स्थानीय तहलाई पूर्णरूपमा जिम्मेवार बनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुखको संयोजकत्वमा कार्यदल गठन गरिएको र काम अघि बढेको मन्त्री गुरुङले जानकारी दिए ।

उनले स्थानीय तहमा भवन निर्माण गर्दा भवन निर्माण संहिता पालना गर्नुपर्ने व्यवस्था रहेको बताउँदै त्यसका लागि आवश्यक समन्वय र सहजीकरण भइरहेको उल्लेख गरे ।

विपद् व्यवस्थापन कार्य तीनै तहका सरकारको जिम्मेवारी भएको स्पष्ट पार्दै गृहमन्त्री गुरुङले सोहीअनुसार आवश्यक समन्वय र सहकार्य भइरहेको जानकारी दिए ।