बिजनेस/ इकोनोमी

प्रहरी कर्मचारीलाई ५० लाख घर कर्जा र दुर्घटना बिमाको सुविधा

प्रहरी कर्मचारीलाई ५० लाख घर कर्जा र दुर्घटना बिमाको सुविधा


शेयर गर्नुहोस:

189
Shares

  • change font
  • change font

काठमाडौँ । नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच प्रहरी कर्मचारीको तलबी बचत खाता सञ्चालन तथा कर्जा सुविधासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। सम्झौताअनुसार प्रहरी कर्मचारीले सहुलियत ब्याजदरमा विभिन्न कर्जा तथा बीमा सुविधा पाउने भएका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्की र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

Advertisement

सम्झौताअनुसार तलबी बचत खाता, बिना धितो पेशाकर्मी सरल कर्जा, पेन्सन वितरण तथा कर्जा लगानीसम्बन्धी सेवा थप पाँच वर्षका लागि नवीकरण गरिएको छ । पेशाकर्मी सरल कर्जा १५ लाख र पेन्सनर कर्जा ५ लाख रुपैयाँसम्म उपलब्ध हुनेछ।

बहालवाला, अवकाशप्राप्त, अमर/शहीद तथा अशक्त प्रहरी कर्मचारीले २० वर्षसम्मका लागि ५० लाख रुपैयाँसम्म घर कर्जा लिन सक्नेछन् । सवारी साधन खरिदका लागि ७ देखि १० वर्षसम्मको गाडी कर्जा पनि उपलब्ध हुनेछ ।

सम्झौतामा घर कर्जामा १ प्रतिशत, गाडी कर्जामा १.७५ प्रतिशत र शैक्षिक कर्जामा १ प्रतिशत प्रिमियम ब्याजदर कायम हुने उल्लेख छ ।

त्यस्तै, दुर्घटनामा परी मृत्यु वा पूर्ण अपाङ्गता भएमा प्रहरी कर्मचारीले ५ लाख रुपैयाँसम्मको बीमा सुविधा पाउनेछन् । उपचार आवश्यक परे अस्पताल बसाइ तथा उपचार खर्चको क्षतिपूर्तिसमेत बीमा निर्देशिकाअनुसार उपलब्ध गराइने छ । बीमा सुविधाका लागि खातावाला प्रहरी कर्मचारीले प्रतिव्यक्ति १०० रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ ।