राजनीति-समाज

बागमतीको मुख्यमन्त्रीमा किरण थापालाई अघि सार्ने एमालेको निर्णय

बागमतीको मुख्यमन्त्रीमा किरण थापालाई अघि सार्ने एमालेको निर्णय


शेयर गर्नुहोस:

216
Shares

  • change font
  • change font

काठमाडौँ । नेकपा एमालेले बागमती प्रदेशको आगामी सरकारको नेतृत्वका लागि प्रदेशसभा सदस्य किरण थापालाई चयन गरेको छ । एमाले संसदीय दलको हालै सम्पन्न बैठकले थापालाई मुख्यमन्त्रीका रूपमा अघि बढाउने निर्णय गरेको हो ।

बैठकले संसदीय दलको नेताको जिम्मेवारी भने जगन्नाथ थपलियालाई नै कायम राख्ने निर्णय गरेको छ । मुख्यमन्त्रीको उम्मेदवार चयनका विषयमा पार्टीभित्र लामो समयदेखि देखिएको मतभेदबीच संसदीय दलले निर्णयमा पुग्दै नेतृत्वको विषय टुङ्ग्याएको हो ।

Advertisement

एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच बनेको नयाँ राजनीतिक समीकरणमा प्रदेश सरकारको बाँडफाँट गर्दा बागमतीको नेतृत्व एमालेको भागमा परेको थियो ।