राजनीति-समाज

देउवा पक्षलाई गगनको चुनौती : ‘महाधिवेशनमा मलाई पराजित गरेर देखाउनुस्’

देउवा पक्षलाई गगनको चुनौती : ‘महाधिवेशनमा मलाई पराजित गरेर देखाउनुस्’


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले आफ्नो नेतृत्व र अनुहारका कारण पार्टीले अपेक्षित मत प्राप्त गर्न नसकेको भनी भइरहेको आलोचनाप्रति टिप्पणी गरेका छन् ।

सोमवार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै उनले असन्तुष्ट पक्षलाई विशेष महाधिवेशनमार्फत नेतृत्वको विकल्प खोज्न चुनौती दिएका छन् । 

Advertisement

सभापति थापाले गगन थापाको अनुहार देखाएकै कारण काँग्रेसले मत नपाएको हो भन्ने निष्कर्ष हो भने अर्को उम्मेदवार खडा गरेर आफूलाई नेतृत्वबाट हटाउन समेत चुनौती दिए।

थापाले लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व परिवर्तन गरी पार्टीको बागडोर सम्हाल्न असन्तुष्ट पक्षलाई आह्वान गरे । उनले पार्टीको अधिवेशनलाई समावेशी, न्यायपूर्ण र निष्पक्ष बनाउनका लागि आफू जुनसुकै सर्त र प्रक्रियामा छलफल गर्न तयार रहेको स्पष्ट पारे। 

थापाले भने,‘मेरो अनुहारका कारण भोट नआएको र मेरो ठाउँमा अरू कसैको अनुहार भएको भए धेरै भोट आउँथ्यो भन्ने कुरा पनि उठेको रहेछ । होला पनि । त्यसो हो भने यही विषय अधिवेशनमा लिएर गए हुन्छ । महाधिवेशनमा अर्को साथीले नेतृत्वका लागि प्रतिस्पर्धा गर्न सक्नुहुन्छ र मलाई हराएर पार्टीको नेतृत्व सम्हाल्न सक्नुहुन्छ । तर त्यसका लागि अधिवेशनमा सबैको सहभागिता, निष्पक्षता र समान अवसर सुनिश्चित हुने वातावरण बनाउनुपर्छ । के–कस्ता सर्त र प्रक्रियाले सबैलाई अधिवेशन निष्पक्ष र न्यायपूर्ण भएको महसुस हुन्छ, त्यसका लागि हामी छलफल गर्न र आवश्यक व्यवस्था गर्न तयार छौँ । हामीले भन्दै आएका छौँ,अधिवेशन सबैको सहभागिता र निष्पक्ष प्रतिस्पर्धाका आधारमा हुनुपर्छ ।’

उनले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन र नेतृत्वको विषयलाई पारदर्शी ढंगले टुङ्ग्याउन आफू सधैँ सकारात्मक रहेको उल्लेख गरे ।