काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले ग्यास खरिदका लागि समेत राष्ट्रिय परिचयपत्र वा नागरिकता अनिवार्य गरिएको भन्दै सरकारको आलोचना गरेका छन् ।
आज काठमाडौंका पाँच स्थानबाट ग्यास बिक्री भइरहे पनि ग्यास लिनका लागि समेत परिचयपत्र बोकेर लाइन बस्नुपर्ने अवस्था आएको बताएका छन् ।
उनले भनेका छन्, ‘ग्यास किन्न पनि अब राष्ट्रिय परिचयपत्र वा नागरिकता अनिवार्य! आज काठमाडौंका पाँच स्थानबाट ग्यास बिक्री हुँदै छ, तर ग्यास लिन पनि परिचयपत्र बोकेर लाइन बस्नुपर्ने अवस्था आयो ।’
सरकारले पाँच महिनामै देशमा कायापलट गरिदिन्छ भन्ने अपेक्षा नरहेको बताएका छन्। उनले नागरिकले दैनिक जीवनमा भोग्नुपर्ने आधारभूत समस्या समाधान गर्न भने सरकार सक्षम हुनुपर्ने बताएका छन् ।
उनले थपेका छन्, ‘सरकारले पाँचै महिनामा देशलाई कायापलट गरिदिन्छ भनेर हामीले अपेक्षा गरेका छैनौँ । तर, जनताले दैनिक जीवनमा भोग्नुपर्ने आधारभूत समस्या त समाधान गर्न सक्नुपर्यो नि सरकार !’












प्रतिक्रिया