राजनीति-समाज

देउवाको आगमनले काङ्ग्रेस एकताबद्ध हुन्छ : रमेश लेखक

देउवाको आगमनले काङ्ग्रेस एकताबद्ध हुन्छ : रमेश लेखक


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

काठमाडौँ । नेपाली काङ्ग्रेसभित्रको साङ्गठनिक सङ्कट र सम्भावित विभाजनको सङ्घारबिच नेता रमेश लेखकले सभापति शेरबहादुर देउवाको स्वदेश फिर्तासँगै पार्टी पुनः एकताबद्ध हुने विश्वास व्यक्त गरेका छन् ।

इतर पक्षद्वारा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले पार्टीको वर्तमान गतिरोध अन्त गर्न शीर्ष नेतृत्वको उपस्थिति अपरिहार्य रहेको बताए । उनले विशेष महाधिवेशनले पार्टीलाई एकतातिर नभई विग्रह र विभाजनको दिशामा धकेलेको टिप्पणी गरे।

Advertisement

नेता लेखकले भने, ‘विशेष महाधिवेशन हुनुअघि नै नेताहरूलाई एक ठाउँमा ल्याउन अथक प्रयत्न भएका थिए, तर दुर्भाग्यवश हामीले त्यसको सकारात्मक परिणाम दिन सकेनौँ । विशेष महाधिवेशन रोक्न नसक्नुमा कहीँ न कहीँ धोका र कहीँ कमजोरी अवश्य भयो ।’

विशेष महाधिवेशनका कारण सिर्जित जटिलताले पार्टीलाई विभाजनको सङ्घारमा पुर्‍याएको उल्लेख गर्दै उनले अबको निकास दुवै पक्षको अस्तित्वलाई स्वीकार गर्नुमा रहेको बताए ।

१४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति र विशेष महाधिवेशनको समितिलाई समायोजन (मर्ज) गरेर अघि बढे मात्र काङ्ग्रेसभित्रको आन्तरिक विवाद साम्य भई पार्टी एक ढिक्का हुन सक्ने दाबी उनको थियो ।