राजनीति-समाज

पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अनुमति

पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अनुमति


शेयर गर्नुहोस:

243
Shares

  • change font
  • change font

काठमाडौँ । गोपनीयताको हकविरुद्धको अभियोग लगाएर पक्राउ गरिएका पत्रकार किशोर श्रेष्ठलाई अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंले तीन दिनको म्याद थपेको छ।

बुधबार मध्यराति ललितपुरबाट पक्राउ गरिएका उनलाई अनुसन्धानका लागि तीन दिनको म्याद थपको अनुमति जिल्ला अदालत काठमाडौंका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले दिएको हो ।

Advertisement

बिहीबार दिउँसोदेखि अपराह्नसम्म भएको बहसपछि न्यायाधीश लुइँटेलले अनुसन्धानका लागि तीन दिन थुनामा पठाउन आदेश दिएका हुन् ।

प्रहरीले श्रेष्ठलाई बिहीबार अपरान्ह ४ बजेपछि मात्रै म्याद थपका लागि सरकारी वकिलको कार्यालय हुँदै अदालतमा उपस्थित गराएको थियो ।