राजनीति-समाज

उद्योगमन्त्री ग्यास बाँड्न होइन, प्रणाली सुधार्न केन्द्रित हुनुपर्छ: सांसद् ओली

उद्योगमन्त्री ग्यास बाँड्न होइन, प्रणाली सुधार्न केन्द्रित हुनुपर्छ: सांसद् ओली


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाउँदै संसद्‌मा कडा आक्रोश व्यक्त गरेकी छन् ।

प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा बोल्दै सांसद ओलीले मन्त्री यादवले बजारमा व्याप्त एलपीजी ग्यासको चरम अभाव र अस्तव्यस्त आपूर्ति प्रणालीलाई सुधार गर्नुको सट्टा आफ्ना आलोचक र नजिकका व्यक्तिहरूलाई फोन गरेर व्यक्तिगत रूपमा ग्यास बाँड्ने गैरजिम्मेवार काममा लागेको गम्भीर आरोप लगाइन् ।

Advertisement

सर्वसाधारण नागरिक तातो घाममा घण्टौँ लाइनमा बस्दा पनि एक सिलिन्डर ग्यास पाउन नसकिरहेको अवस्थामा मन्त्री आफैँ व्यक्तिगत तवरमा पहुँचवाला र नजिकका मानिसहरूलाई ग्यास मिलाइदिने काममा व्यस्त रहेको उनले दाबी गरिन्।

“उद्योगमन्त्री ग्यास बाँड्दै हिँड्नुभएको छ। फोन गरेर ‘तपाईँको घरमा ग्यास छ ?’ भनेर सोध्दै हुनुहुन्छ। जनता तातो घाममा ग्यासको लाइनमा बसेको उहाँले देखिराख्नुभएको छैन ?” संसद्‌मा आक्रोश व्यक्त गर्दै ओलीले प्रश्न गरिन्, “के मन्त्रीको काम व्यक्ति-व्यक्तिलाई फोन गरेर ग्यास बाँड्दै हिँड्ने हो ?”

सांसद ओलीले सीमित व्यक्तिलाई ग्यास उपलब्ध गराएर मन्त्रीले राज्यको मूलभूत दायित्व बिर्सेको र नागरिकलाई राज्यको अधिकारभन्दा पनि व्यक्तिगत दया देखाउन खोजेको टिप्पणी गरिन् । “कति जनालाई उहाँले फोन गर्न सक्नुहुन्छ ? १०, २० वा ३० जना ? हजारौँ र लाखौँ जनतालाई त फोन गर्न सक्नुहुन्न,” ओलीले थपिन्, “उहाँको काम त यो आपूर्ति प्रणालीलाई व्यवस्थित बनाउने हो। हामीलाई राज्यको दया होइन, सही र प्रभावकारी व्यवस्थापन चाहिएको हो ।”

दीर्घकालीन समाधान र बजार अनुगमनमा ध्यान नदिई पहुँच र भनसुनका आधारमा ग्यास बाँड्ने मन्त्रीको कदमलाई गैरजिम्मेवारपूर्ण ठहऱ्याउँदै ओलीले यसबारे प्रधानमन्त्री बालेन शाहले गम्भीरतापूर्वक ध्यानाकर्षण गराउनुपर्ने बताइन् । उनले संसद्मार्फत मन्त्री यादवसँग तत्काल स्पष्टीकरण सोध्न प्रधानमन्त्री शाहसँग जोडदार मागसमेत गरेकी छन् ।