राजनीति-समाज

प्रधानमन्त्री र मन्त्रीलाई टिसर्ट लगाएर संसद्‌ छिर्न रोक लगाइयोस् : सांसद् पोखरेल

प्रधानमन्त्री र मन्त्रीलाई टिसर्ट लगाएर संसद्‌ छिर्न रोक लगाइयोस् : सांसद् पोखरेल


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font

काठमाडौँ । नेकपा एमालेका सांसद् लक्ष्मीप्रसाद पोखरेलले संसदीय पोसाकसम्बन्धी अनुशासन कायम गर्न रुलिङको माग गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले प्रधानमन्त्री र मन्त्रीहरूलाई समेत टिसर्ट लगाएर संसद् बैठकमा सहभागी नहुन आग्रह गरे । उनले सन् २०२१ को फेब्रेवरी ९ मा न्युजिल्यान्डको संसदमा घटेको घटना र सन् २०२३ मा क्यानडाको संसदमा पोसाकसंहिता लागू गर्न संसदीय रुलिङ भएको विषय पनि स्मरण गराए ।

Advertisement

‘सन् २०२१ को फेब्रेवरी ९ मा न्युजिल्यान्डको संसदमा रबिरी बैद्धिती नामका सांसदले औपनिवेशिक पासो भन्दै टाइ लगाउन अस्वीकार गरेकाले उनलाई संसदीय रुलिङमार्फत सभाबाट निष्कासन गरिएको थियो । सन् २०२३ मा क्यानडाको संसदमा पोशाकसंहिता लागू गर्न संसदीय रुलिङ भएको थियो,’ उनले स्मरण गर्दै भने ।

सो क्रममा उनले प्रधानमन्त्री र मन्त्रीलाई टिसर्ट लगाएर संसदभित्र नआउन भनेका हुन् ।

‘संसदको गरिमा कायम गर्न सांस्कृतिक पोसाक वा राष्ट्रिय पोसाक अनिवार्य गरियोस्, प्रधानमन्त्री र मन्त्रीलाई टिसर्ट लगाएर संसदभित्र प्रवेश गर्न रोक लगाइयोस् । संसद्को लोगो कोट, हाफकोट र ओभरकोटबाहेक टि–सर्ट, ज्याकेट, सर्ट, कुर्ता, ब्लाउज, सल आदीमा लगाउन रोक लगाइयोस्,’ उनले भने, ‘संसदीय पोसाकसम्बन्धी अनुशासन कायम गर्न रुलिङको माग गर्दछु, धन्यवाद ।’