काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् रमेश प्रसाईंले खाना पकाउने ग्यासको अभावका कारण सर्वसाधारणले रातभर लाइन बस्नुपरेको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै प्रसाईंले चुनावअघि आफूहरूले सरकारी सेवामा लाइनको अन्त्य गर्ने प्रतिबद्धता जनाएको स्मरण गर्दै अहिले ग्यासका लागि नागरिकले सास्ती खेप्नुपरेको दृश्यले आफूलाई लाज लागेको बताए ।
उनले ग्यास अभाव आमनागरिकका लागि मात्रै हो कि प्रधानमन्त्री तथा मन्त्रीहरूको सरकारी निवासमा पनि यही अवस्था छ भन्ने प्रश्न उठाए । यदि कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गरिएको हो भने त्यसमा संलग्नलाई कडा कारबाही गर्न सरकारसँग माग गरे ।
प्रसाईंले नागरिकले केवल नयाँ अनुहार नभई नयाँ सोच र व्यवहारको अपेक्षा गरेको उल्लेख गर्दै जनताले भोगिरहेको दैनिक समस्याको समाधानमा सरकार गम्भीर हुनुपर्ने धारणा राखे ।












प्रतिक्रिया