राजनीति-समाज

दुर्गा प्रसाईं बने जय नेपाल पार्टीको सर्वोच्च नेता

दुर्गा प्रसाईं बने जय नेपाल पार्टीको सर्वोच्च नेता


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font

काठमाडौँ । राजावादी अभियन्ता दुर्गा प्रसाईं डा. धवलशम्शेर राणाले नेतृत्व गर्ने नयाँ पार्टीमा सर्वोच्च नेता बन्ने भएका छन् । पार्टीको नाम ‘जय नेपाल पार्टी’ प्रस्ताव गरिएको छ ।

राप्रपा महामन्त्रीबाट राजीनामा दिएका धवलले दुर्गा प्रसाईंसँग मिलेर नयाँ पार्टी खोलेका हुन् । पार्टीको विधान तयार भइसकेको छ भने कार्यालय चाबहिलमा राखिएको छ । निर्वाचन चिन्ह भने फाइनल भइसकेको छैन ।

Advertisement

प्रसाईंलाई सर्वोच्च नेताको सम्मान दिइए पनि उनी धवलशमशेरपछिको बरियतामा रहनेछन् । धवलले अध्यक्ष बनेर पार्टी चलाउने छन् । एक नेताले भने, ‘पार्टी हाँक्ने धवलजीले नै हो । दुर्गा प्रसाईंलाई सम्मानस्वरुप सर्वोच्च नेता दिइएको हो ।’

यसअघि प्रसाईंलाई सर्वोच्च कमाण्डर बनाउने तयारी थियो । तर, उनले यतिमा चित्त नबुझाएपछि सर्वोच्च नेता बनाइएको हो ।

अब आउने चुनावपछि प्रसाईंलाई पार्टीको संसदीय दलको नेता बनाउन पनि अहिल्यै समझदारी गरिएको स्रोतले बताएको छ ।