मनोरञ्जन

दीपमालाले जितिन् मिस नेपाल २०२६ को उपाधि

दीपमालाले जितिन् मिस नेपाल २०२६ को उपाधि


शेयर गर्नुहोस:

189
Shares

  • change font
  • change font

काठमाडौँ । दीपमाला ढकालले मिस नेपाल २०२६ को उपाधि जितेकी छन् । ललितपुरस्थित द प्लाजामा शनिबार आयोजित ग्रान्ड फिनालेमा २३ जना प्रतिस्पर्धीलाई पछि पार्दै ढकालले मिस नेपाल २०२६ को ताज पहिरिएकी हुन् ।

प्रतियोगितामा कशिस सुब्बाले मिस नेपाल कस्मो २०२६ को उपाधि जितिन् भने आर्या निशात मिस नेपाल इन्टरनेसनल २०२६ घोषित भइन् ।

Advertisement

विभिन्न चरणको प्रतिस्पर्धा, प्रस्तुति तथा निर्णायकको मूल्याङ्कनपछि विजेताहरूको घोषणा गरिएको आयोजकले जनाएको छ । मिस नेपाल प्रतियोगिता हरेक वर्ष आयोजना हुँदै आएको राष्ट्रिय सौन्दर्य तथा व्यक्तित्व विकाससम्बन्धी प्रतिष्ठित प्रतियोगितामध्ये एक हो ।