बिश्व घटना

भारतमा कक्रोजको प्रदर्शनमा पक्राउ परेका भारतीय विपक्षी दलका नेता रिहा

भारतमा कक्रोजको प्रदर्शनमा पक्राउ परेका भारतीय विपक्षी दलका नेता रिहा


शेयर गर्नुहोस:

27
Shares

  • change font
  • change font

नयाँदिल्ली । भारतमा कक्रोज जनता पार्टीको विरोध प्रदर्शनका क्रममा पक्राउ परेका भारतीय विपक्षी दलका नेता राहुल गान्धीलाई रिहा गरिएको जनाइएको छ ।

काक्रोच जनता पार्टी (सिजेपी)को नेतृत्वमा सामाजिक सञ्जालमार्फत सुरु भएको विरोध प्रदर्शन सन् २०२४ मा मोदी सरकार पुनः निर्वाचित भए पछिको सबैभन्दा ठुलो चुनौतीका रूपमा देखा परेको जनाइएको छ । प्रदर्शनकारीहरूले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा र परीक्षा प्रणालीमा व्यापक सुधारको माग लगायतका नारा लगाउदै प्रदर्शन गर्दै आएको जनाइएको छ ।

Advertisement

भारत सरकारले विद्यार्थीहरूको मागलाई बेवास्ता गरी नयाँ दिल्लीमा जारी प्रदर्शनमा प्रहरी दमन गरेको आरोप लगाउँदै गान्धीले मङ्गलबार विरोध प्रदर्शनको नेतृत्व गरेका थिए । परीक्षा विवादको व्यवस्थापनलाई लिएर बढ्दो दबाबको सामना गर्दै शिक्षा मन्त्री प्रधानले मङ्गलबार सरकार सुधारका लागि प्रतिबद्ध रहेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत विद्यार्थीहरूलाई सम्बोदन गर्दै सुधार र जवाफदेहिताका लागि सरकार पुर्ण प्रतिबद्ध रहेको टिप्पणी गरेका छन् । लामो समयपछि राजधानीमा भएको सबैभन्दा ठूलो विरोध प्रदर्शनमा प्रदर्शनकारीहरूले सुरक्षा बलमाथि ढुङ्गा प्रहार गरेपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रु ग्याँस र लाठीचार्ज गरेको प्रहरीले जनाएको छ ।

प्रदर्शनका क्रममा ६० जना सर्वसाधारणका साथै अन्य ११८ जना प्रहरी कर्मचारी घाइते भएको प्रहरीले बताएको छ । विरोधलाई समर्थन गर्दै मुम्बई र बेङ्गलुरुमा पनि सयौँ मानिसहरूले विरोध प्रदर्शन गरेको जनाइएको छ ।

सामाजिक सञ्जालमा शिक्षामन्त्री प्रधानलाई अयोग्य भन्दै सिजेपीले विरोधको तेस्रो दिन आज बुधबार पनि आफ्नो अभियान जारी राख्ने प्रतिवद्धता जारी गरेको छ । हिन्दू राष्ट्रवादी नेताले सन् २०२४ मा तेस्रो कार्यकाल प्राप्त गरे पछि मोदीका लागि सबैभन्दा ठूलो चुनौती प्रस्तुत गर्दै सिजेपीले गत मे महिनामा यसको सुरुवात भएदेखि नै सामाजिक सञ्जालमा लाखौँ अनुयायीहरूलाई आकर्षित गरेको जनाइएको छ ।

विरोध प्रदर्शनले भारतको परीक्षा प्रणाली माथि प्रश्न उठाउँदै विश्वासलाई कमजोर पारी विवादहरूको श्रृङ्खलालाई पछ्याएको जनाइएको छ । जसमा मेडिकल प्रवेश परीक्षाको प्रश्नपत्रको गोपनीयता भङ्ग हँदा करीव २० लाख भन्दा बढी उम्मेद्वारहरूलाई परीक्षा पुनः दिन बाध्य तुल्यायएको जनाइएको छ ।

लगभग २० लाख विद्यार्थीहरु सहभागी रहेको भारतको मेडिकल प्रवेश परीक्षाको अनलाइन नम्बरसँग सम्बन्धित विवाद चर्केर जनताको आक्रोशलाई अझै उच्च बनाउँदा विरोध चर्किएको जनाइएको छ । एएफपी