बिश्व घटना

‘सरोगेट’ गर्भावस्थाको विवादपछि सिडियू नेताद्वारा सांसद पदबाट राजीनामा

‘सरोगेट’ गर्भावस्थाको विवादपछि सिडियू नेताद्वारा सांसद पदबाट राजीनामा


शेयर गर्नुहोस:

135
Shares

  • change font
  • change font

बर्लिन । जर्मन चान्सलर फ्रेडरिक मर्जको राष्ट्रवादी पार्टीका एक प्रमुख नेताले भाडाको कोख (सरोगेट मदर) को प्रयोगको विवादका कारण शनिबार आफ्नो सांसद् पदबाट राजीनामा दिएका छन् । जर्मनीमा यो अभ्यासमा प्रतिबन्ध छ ।

बाँझोपन, जटिल चिकित्सा अवस्था वा अन्य व्यक्तिगत परिस्थितिका कारण गर्भधारण गर्न नसक्ने व्यक्तिहरूको लागि ‘सरोगेसी’ले अभिभावकत्वको बाटो प्रदान गर्दछ ।

Advertisement

‘मेरो पत्नीसँग परिवार सुरु गरेर बुबा बन्ने मेरो व्यक्तिगत खुशी मेरो राजनीतिक पदसँग मिल्दैन भन्ने कुरा पछिल्ला दिनहरूमा मात्र मैले बुझेँ’, जेन्स स्पानले आफ्ना सहकर्मीहरूलाई लेखेको एएफपीलाई प्राप्त पत्रमा भनेका छन् । स्पान जर्मनीको संसदमा सिडियूको संसदीय दलको अध्यक्ष हुन् ।

सिडियू पार्टी सरोगेट गर्भावस्थाको कट्टर विरोधी हो । पछिल्लोपटक फेब्रुअरीमा भएको पार्टी अधिवेशनमा देशले प्रतिबन्ध कायम राख्नुपर्ने पक्षमा निर्णय गरेको थियो ।

बिल्ड समाचारपत्रका अनुसार स्पानले जुन सरोगेट आमासँग सहकार्यको सम्झौता गरेका थिए उनी त्यतिबेला गर्भको करिब चार महिनाकी थिइन् । उनीहरूले हालै आफ्नो बच्चालाई स्वागत गरेका थिए र यो समाचार यो हप्ताको सुरुमा जर्मनीका सञ्चारमाध्यमले विशेष महत्त्व दिएर छापेका थिए ।

यो निर्णयले तत्काल सिसियू भित्रबाट आलोचना निम्त्याएको थियो । यस प्रकरणमा स्पानको राजीनामाको मागसमेत गरिएको थियो । उनका सहकर्मी राजनीतिकर्मीहरूबाट उनीमाथि द्वैध चरित्रको आरोप पनि लागेको थियो ।

स्पानले शुक्रबार बिल्ड समाचारपत्रसँगको पोडकास्ट अन्तर्वार्तामा आफूलाई आरोपबाट बचाउने प्रयास गरेका थिए । उनले भनेका थिए, ‘सरोगेसीको विषयमा पनि लामो समयसम्म आफूसँग सङ्घर्ष गरेर’ अन्ततः यो तरिकाबाट बच्चा जन्माउने निर्णय गरेको हो ।’

शनिबार स्पानले आफ्ना सहकर्मीहरूसँग भने, ‘सरोगेसीबाट बच्चा जन्माउने मेरो निजी निर्णय र संसदीय दलको अध्यक्षको रूपमा मप्रति राखिएका बुझिने अपेक्षाहरूबीच सन्तुलन कायम गर्नु मैले सोचेभन्दा बढी कठिन साबित भयो ।’

सिडियूका धेरै राजनीतिकर्मीहरूले स्पानलाई पद र पार्टी नेतृत्व छोड्न आग्रह गरेका थिए । उनीहरूको तर्क थियो पार्टीको स्पष्ट अडानविरुद्ध सरोगेट आमाको प्रयोग गर्नु अक्षम्य छ । एएफपी