नेपाल

हराएका ५१ दुईपाङ्ग्रे सवारीसाधन सम्बन्धित धनीलाई फिर्ता

हराएका ५१ दुईपाङ्ग्रे सवारीसाधन सम्बन्धित धनीलाई फिर्ता


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font

काठमाडौँ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा हराएका तथा चोरी भएका ५१ वटा दुईपाङ्ग्रे सवारीसाधन सम्बन्धित सवारीसाधनधनीलाई हस्तान्तरण गरेको छ।

कार्यालयले एक महिनादेखि सञ्चालन गरिएको विशेष खोज अभियानबाट फेला परेका ३५ वटा मोटरसाइकल र १६ वटा स्कुटर आज आयोजित कार्यक्रममा सम्बन्धित सवारीसाधनधनीलाई बुझाएको हो।

Advertisement

प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले हराएका तथा चोरी भएका सवारीसाधन खोजीलाई प्राथमिकतामा राखेर अभियान सञ्चालन गरिएको बताए। उनले सवारीधनीलाई आफ्ना सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गर्न र आवश्यक सुरक्षा उपाय अपनाउन आग्रह गरे।

कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नरेशराज सुवेदीले सवारीसाधनको सुरक्षामा सवारीधनीकै भूमिका महत्वपूर्ण हुने भएकाले जीपीएस प्रणाली जडान, सुरक्षित पार्किङस्थल प्रयोग र आवश्यक सावधानी अपनाउने चोरी तथा हराउने घटना कम गर्न सकिने बताए।

ट्राफिक प्रहरीले हराएका तथा चोरी भएका सवारीसाधनको खोजी गरी सम्बन्धित धनीलाई फिर्ता गर्ने अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाएको छ।