नेपाल

खैरो हिरोइन कारोबार गर्ने गिरोह पक्राउ

खैरो हिरोइन कारोबार गर्ने गिरोह पक्राउ


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font

काठमाडौँ । नेपाल प्रहरीले अवैध लागुऔषध खैरो हिरोइन कारोबार गर्ने एक गिरोहलाई पक्राउ गरेको छ ।

प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले लागुऔषध कारोबार गर्ने काठमाडौँ नागार्जुनका २७ वर्षीय मनिष श्रेष्ठ, २१ वर्षीय रोहित महर्जन र काठमाडौँ महानगरपालिका–१६ का २० वर्षीय सम्भव बस्नेतलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

Advertisement

ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले लागुऔषध कारोबार गर्ने गिरोहलाई ३०० ग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका मनिष यसअघि पनि लागुऔषध मुद्दामा सात महिना कैद भुक्तान गरी रु एक लाख धरौटीमा छुटेका व्यक्ति रहेका उनले बताए ।

प्रहरीले निजहरूको साथबाट ३०० ग्राम लागुऔषध खैरो हेरोइन, एक थान स्कुटर र तीन थान मोबाइल बरामद गरेको छ । पक्राउ परेका व्यक्तिमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।