बिश्व घटना

अष्ट्रेलियाद्वारा मध्यपूर्वमा युद्ध–विरामको आह्वान

अष्ट्रेलियाद्वारा मध्यपूर्वमा युद्ध–विरामको आह्वान


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font

क्यानबेरा । अमेरिका र इरानले पुनः आक्रमण सुरु गरे पछि अष्ट्रेलियाका विदेश मन्त्री पेनी वोङले शुक्रबार द्वन्द्व अन्त्य गर्नका लागि युद्ध–विरामको आह्वान गरेका छन् ।

वोङले अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी) टेलिभिजनसँग बुराकानी गर्दै उनले अष्ट्रेलियालयायत समग्र विश्वले मध्य पूर्वका नागरिक र विश्वव्यापी अर्थतन्त्रको फाइदाका लागि द्वन्द्वको अन्त्य चाहेको बताएका छन् ।

Advertisement

यस क्षेत्रका जनताका लागि मात्र नभइ विश्वव्यापी अर्थतन्त्रमा परेको प्रभावका कारण विश्व साँच्चै यो युद्धविरामलाई कायम राख्न, बलियो बनाउन र द्वन्द्वको अन्त्य हेर्न चाहेको उनले प्रष्ट पारेका छन्।

संयुक्त राज्य अमेरिका र इरानले मंगलबार देखि बिहीबार सम्म गरेका ताजा आक्रमणका कारण नयाँ चरणको तनावलाई बढवा दिएको भान भएकोसमेत यहाँले जनाएका छन्।

होर्मुजको जलमार्ग पार गर्ने व्यापारिक जहाजहरूमा हालैका इरानी आक्रमणहरूको प्रतिक्रियामा, अमेरिकाले इरानका धेरै लक्ष्यहरूमा आक्रमण गर्दा परिणामस्वरूप हताहत र पूर्वाधार क्षति भएको जनाइएको छ ।

यसको बदलामा इरानले कुवेत, बहराइन, कतार र जोर्डनमा रहेका अमेरिकी सैन्य अड्डाहरू र सुविधाहरूमासमेत मिसाइल तथा ड्रोन आक्रमण गरेको जनाइएको छ । सिन्ह्वा