खेलकुद

एनएसटी कप क्रिकेटको फाइनल सोमबार साँझ

एनएसटी कप क्रिकेटको फाइनल सोमबार साँझ


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

ड्यालस (अमेरिका) । नेपाली समाज टेक्ससले आयोजना गरेको एनएसटी कप क्रिकेटको फाइनल सोमबार साँझ ७ः०० बजे हुने भएको छ ।

सेमी फाइनल सोमबार बिहान ८ः३० बजे पहिलो खेलनेपाली स्टार्स र ओल्ड स्कुल क्रिकेट क्लबबीच हुनेछ । त्यस्तै, दोस्रो खेल ड्यालस नेप्लिज एक्सआई र ड्यालस गोर्खाबीच हुनेछ । दुई खेलमा विजेताबीच साँझ फाइनल हुनेछ । फाइनल खेल नेपाली संस्कृति र पञ्चेबाजा बीच साँझ ७ः०० बजे सुरु हुने एनएसटीका अध्यक्ष विजय भुसालले जानकारी दिए ।

Advertisement

शुक्रबारदेखि सुरु भएको यो यसपटकको टुर्नामेन्टमा १२ वटा नेपाली टिम सहभागी छन् । सहभागीमध्ये एक टिम ह्युस्टन र एक टिम अस्टिनका छन् भने बाँकी १० टिम ड्यालस फोर्टवर्थकै रहेका छन् ।

फाइनलमा विजयी विजेताले ५ हजार र उपविजेताले २ हजार डलर राशिको पुरस्कारसहित मेडल पाउनेछन् । पछिल्लो समय अमेरिकामा रहेका नेपाली युवामा पनि क्रिकेटप्रति निकै चासो र सहभागिता बढिरहेको छ । युवाहरुले क्रिकेट क्लबनै गठन गरेर खेल अभ्यास गर्दै आएका छन् ।

सोमबार साँझ फाइनल प्रतियोगिताको प्रवेश निःशुल्क रहेको र नेपाली एवं क्रिकेटप्रति चासो राख्ने सबैलाई उपस्थितिका लागि एनएसटीले आह्वान गरेको छ ।