नेपाल

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा पदबहाली

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा पदबहाली


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font

काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले पदबहाली गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडलबले पद तथा गोपनीयताको शपथ ग्रहण गराए लगत्तै उनले आज सर्वोच्च अदालतमा पुगेर पदबहाली गरेका हुन् ।

नेपालको संविधानको धारा, १२९ को उपधारा, २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले आजै डा शर्मालाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए । त्यसअघि सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीश पदमा उनलाई सर्वसम्मतिले अनुमोदन गरेको थियो ।

Advertisement

संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीशको नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

विसं २०२७ असार ४ गते पर्साको वीरगञ्जमा जन्मिएका नवनियुक्त प्रधानन्यायाधीश डा शर्मा २०७६ वैशाख ६ सर्वोच्च अदालतको न्यायाधीश भएका थिए । नेपाल ल क्याम्पसबाट बीएल र भारतको पुणे विश्व विद्यालयबाट एलएलएम गर्नुभएका उनले त्रिभुवन विश्व विद्यालयबाट श्रम कानुनमा विद्यावारिधि गरेका थिए ।

न्यायको क्षेत्रमा कानुन व्यवसायीबाट प्रवेश गरेका डा शर्माले २०७० साल जेठ २७ देखि २०७२ मङ्सिर २६ सम्म उच्च अदालतको अतिरिक्त न्यायाधीश भएर काम गरेका थिए। प्रधानन्यायाधीश डा शर्माको कार्यकाल २०८९ असार ४ सम्म हुनेछ ।