नेपाल

सीमा क्षेत्रमा कडाइ नगर्न संसदीय समितिको निर्देशन

सीमा क्षेत्रमा कडाइ नगर्न संसदीय समितिको निर्देशन


शेयर गर्नुहोस:

135
Shares

  • change font
  • change font

काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले सीमा क्षेत्रमा सर्वसाधारणलाई दिइएको दुःख तत्काल रोक्न सरकारलाई निर्देशन दिएको छ।

भारतबाट ल्याइने एक सय रुपैयाँ भन्दा बढी मूल्यका घरायसी सामानमा पनि भन्सार नियम लगाएर जनतालाई सास्ती दिइएको भन्दै समितिले बुधबार यस्तो कार्य तत्काल रोक्न सरकारलाई निर्देशन दिएको हो।

Advertisement

समितिका सभापति कृष्णप्रसाद पौडेलले सीमा क्षेत्रका नागरिकको दैनिक जीवनयापन र आधारभूत आवश्यकतालाई बेवास्ता गर्दै सरकारले भन्सारमा कडाइ गरेको बताए।

समितिको बैठकमा समिति सदस्यहरूले सीमा क्षेत्रमा भइरहेको यो समस्याबारे गम्भीर ध्यानाकर्षण गराएका थिए।