बिश्व घटना

इरान युद्ध अन्त्यका लागि वार्ताको पहल, पाकिस्तानमा मध्यस्थकर्ताहरूको भेला

इरान युद्ध अन्त्यका लागि वार्ताको पहल, पाकिस्तानमा मध्यस्थकर्ताहरूको भेला


शेयर गर्नुहोस:

432
Shares

  • change font
  • change font

इस्लामावाद । प्रमुख क्षेत्रीय शक्तिहरूका शीर्ष कूटनीतिज्ञहरू मध्यपूर्वमा लडाइँ कसरी अन्त्य गर्ने भनेर छलफल गर्न आइतबार पाकिस्तानमा भेला भएका छन् ।

इजरायल र अमेरिकाले इरानमाथि आक्रमण जारी राखेपछि र तेहरानले यस क्षेत्रमा मिसाइल र ड्रोन प्रहार गरेर जवाफ दिएपछि प्रगतिका सङ्केत भने टाढा देखिएका छन् ।

Advertisement

इस्लामावादमा हुने वार्तामा साउदी अरब, टर्की र इजिप्टका विदेशमन्त्रीहरू सहभागी हुने पाकिस्तानले जनाएको छ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले इरानका राष्ट्रपति मसुद पेजेस्कियानबीच क्षेत्रीय तनावबारे व्यापक छलफल भएको बताएका छन् ।

इरानमाथि अमेरिका र इजरायलले गरेको आक्रमणपछि सुरू भएको एक महिना लामो युद्धमा तीन हजारभन्दा बढी मानिस मारिएका छन् ।

अमेरिका र इजरायलले इस्लामावादको वार्तामा सहभागिता जनाएका छैनन् । इरानी संसद्का सभामुख मोहम्मद बाघर कलिबाफले अमेरिकाले मध्यपूर्वमा थप सेना पठाउने क्रममा वार्ता बहाना बनाउन खोजेको बताए ।

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार उनले कुनै पनि स्थलगत आक्रमणको विरुद्ध चेतावनी दिनुभएको छ र इरान अमेरिकी सेनालाई ‘आक्रमण गर्न’ र अमेरिकी क्षेत्रीय सहयोगीहरूलाई उनीहरूको भूमि प्रयोग गर्न दिएमा सजाय दिन तयार रहेको बताएका छन् ।

इजरायलले आइतबार इरानबाट आक्रमणको श्रृङ्खला आएको बताएको छ भने र तेहरान क्षेत्रमा व्यापक विस्फोटको आवाज सुनिएको छ ।

यसैबीच, इजरायलले आणविक अनुसन्धान र विकासका लागि प्रयोग भएको दाबी गरेका विश्वविद्यालयसहित कैयौँ विश्वविद्यालयमा इजरायलले हवाई आक्रमण गरेपछि इरानले आइतबार आक्रमण बढाउने चेतावनी दिएको छ ।

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार रिभोलुसनरी गार्डले एक विज्ञप्ति जारी गर्दै इरानले इजरायली विश्वविद्यालय र यस क्षेत्रका अमेरिकी विश्वविद्यालयका शाखालाई ‘वैध लक्ष्य’ मान्नेछ । जर्जटाउन, न्यूयोर्क विश्वविद्यालय र नर्थवेस्टर्नसहित अमेरिकी कलेजहरूको कतार र युएईमा क्याम्पसहरू छन् ।

“यदि अमेरिकी सरकार यस क्षेत्रका आफ्ना विश्वविद्यालयहरूलाई बचाउन चाहन्छ भने, उसले सोमबार १२ बजेसम्म (इरानी) विश्वविद्यालयहरूमा भएको बमबारीको निन्दा गर्नुपर्छ,” गार्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा अमेरिकासँग इजरायललाई इरानी विश्वविद्यालय र अनुसन्धान केन्द्रहरूमा आक्रमण गर्नबाट रोक्न पनि माग गरिएको छ। इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले शनिबार इरान युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी र इस्फहान युनिभर्सिटी अफ टेक्नोलोजी गरी दर्जनौँ विश्वविद्यालय र अनुसन्धान केन्द्रहरू प्रभावित भएको बताएका थिए । एपी