मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

सनातन ज्ञानसत्ताको पुनर्जागरणका लागि ‘स्वदेशवादी अभियान’ घोषणा

सनातन ज्ञानसत्ताको पुनर्जागरणका लागि ‘स्वदेशवादी अभियान’ घोषणा


शेयर गर्नुहोस:

27
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ,। स्वदेशीय मौलिक ज्ञान परम्पराको पुनर्जागरणमार्फत मौलिक राज्यव्यवस्था निर्माण गर्ने लक्ष्यका साथ ‘स्वदेशवादी अभियान’ को औपचारिक घोषणा गरिएको छ । काठमाडौँमा आयोजित एक विशेष समारोहबीच रैथाने, वैदिक र बौद्ध ज्ञान पद्धतिको एकीकरण गर्दै नेपाललाई आयातित राजनीतिक एवं वैचारिक परनिर्भरताबाट मुक्त गराउने उद्देश्यका साथ यो अभियान सुरु गरिएको हो ।

घोषणासभालाई सम्बोधन गर्दै नेपाल राष्ट्रिय राजनीतिक गुरुकुलका प्रमुख डा. वासुदेव कृष्ण शास्त्रीले करिब तीन हजार वर्षअघि महर्षि याज्ञवल्क्यले स्थापना गर्नुभएको राजनीतिक गुरुकुलको परम्परालाई पुनर्जीवित गरिएको बताउनुभयो । उहाँले सनातन प्रज्ञा र मौलिक चिन्तनको जगमा मात्रै देशमा दीर्घकालीन राजनीतिक स्थायित्व र सुशासन सम्भव हुनेमा जोड दिनुभयो ।

Advertisement

कार्यक्रममा नेपाल राष्ट्रिय राजनीतिक गुरुकुलका राष्ट्रिय संयोजक सौरभले वर्तमान राजनीतिक दलहरू वैचारिक रूपमा दिशाहीन भएको टिप्पणी गर्दै स्वदेशवादी चिन्तनलाई मूल राजनीतिक मुद्दा बनाएर देशव्यापी रूपमा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । यस्तै, अभियानका संयोजक सूर्य माखिमले अवधारणा पत्र प्रस्तुत गर्दै स्वदेशीय ज्ञानसत्तामा आधारित स्वशासन, स्वराज, आत्मनिर्भर अर्थतन्त्र र राष्ट्रिय सार्वभौमिकता नै अभियानका मुख्य स्तम्भ भएको स्पष्ट पार्नुभयो ।

नेपाली समाजमा व्याप्त दार्शनिक र नैतिक सङ्क्रमण, युवा पलायन र कमजोर कूटनीतिक अवस्थालाई सम्बोधन गर्न अभियानले जनजागरण र नेतृत्व विकासका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । आगामी दिनमा ‘पशुपति संवाद’ तथा देशव्यापी संवाद पदयात्रामार्फत आम नागरिकसँग अन्तरक्रिया गर्दै अभियानलाई अगाडि बढाइने घोषणा गरिएको छ ।

शेयर गर्नुहोस:

27
Shares