एडमन्टन (क्याानाडा)- क्यानाडाको एडमन्टनमा सञ्चालित हिमालय तेक्वान्दोले दशौं बार्षिकोसव भव्यरुपमा मनाएको छ । जनवरी २४ तारिखमा सेन्ट अल्बर्ट कम्युनिटी हलमा भएको कार्यक्रममा झण्डै ३०० जना मानिसहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा दोस्रो र तेस्रो व्याजका विद्यार्थीहरुलाई ब्ल्याक बेल्ट, प्रमाणपत्र एवं ब्याज वितरण गरिएको थियो ।
सन २०१६ मा स्थापना भएको हिमालयन तेक्वान्दोका मुख्य प्रशिक्षक एवं सञ्चालक राजु गड्तौलाले हाल ९० जना नेपाली बालबालिकाहरूलाई प्रशिक्षण प्रदान गरिरहेको बताए । सो कार्यक्रममा बोल्दै अभिभावक कृष्ण निरौलाले यस तेक्वान्दो स्कुलले विदेशमा रहेर पनि दक्ष एवं अनुभवी नेपाली प्रशिक्षकबाट प्राप्त ज्ञानले बालबालिकाहरूको शारीरिक एवं मस्तिष्क विकासमा खेलेको भूमिकाको प्रशंसा गरे ।
सात प्रशिक्षार्थीले पाए ब्ल्याक बेल्ट
बर्षिकोत्सव समारोहमा तेक्वान्दो प्रशिक्षार्थीहरु भविस लामिछाने, एरिक पौडेल, प्रीयल गुरुङ, आरम्भ खरेल, विवेक तिमिल्सेना, आयुष ओझा र आर्यन भट्टराईले ब्ल्याक बेल्टबाट दिक्षित भएको प्रमाणपत्र पाएका छन । प्रमाणपत्र तथा ब्ल्याक बेल्ट वितरणका लागि एडमण्टनमा रहनुभएका ज्येष्ठ तथा अगुवा नागरिकहरूलाई अनुरोध गरिएको थियो।
कार्यक्रममा प्रशिक्षक राजु गड्तौलालाई योगदानको कदरस्वरुप प्रमाणपत्र र अवार्ड प्रदान गरिएको थियो । प्रशिक्षक गड्तौलाले अभिभावक, भाइबहिनीहरू र आफ्नो निरन्तर प्रयासबाट संस्थाले प्रगति गरेकोमा खुशी व्यक्त गरे । उनले अल्वर्टाको प्रतिकूल मौसम र कोभिड जस्तो महामारीको बेला पनि नेपाली मूलका बालबालिकाहरूलाई निरन्तर उनीहरूको मानसिक शारीरिक र वैयक्तिक विकासको लागि आफूले सहयोग गर्न पाएको बताएका छन ।
नेपाली समुदायममा मात्र नभै अन्य समुदायमा पनि चर्चा कमाएको हिमालय तेकवान्दोले नेपाली समुदायमा शारिरिक तथा मानसिक तन्दुरुष्टमा योगदान दिएको होमन गौतमले बताए । कार्यक्रममा उपस्थित सबैलाई संस्थाको तर्फबाट रात्री भोजको व्यवस्था गरिनुकासाथै सांस्कृतिक नृत्यहरू पनि प्रस्तुत गरिएको थियो ।












प्रतिक्रिया