बिश्व घटना

‘हामी अमेरिकी बन्न चाहँदैनौँ’ : ग्रीनल्यान्डका राजनीतिक दल

‘हामी अमेरिकी बन्न चाहँदैनौँ’ : ग्रीनल्यान्डका राजनीतिक दल


शेयर गर्नुहोस:

432
Shares

  • change font
  • change font

नुक, ग्रीनल्यान्ड । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खनिज पदार्थको लागि धनी डेनिस स्वायत्त क्षेत्र ग्रीनल्यान्ड कब्जा गर्न बल प्रयोग गर्न सुझाव दिएपछि ग्रीनल्यान्डका राजनीतिक दलहरूले यसको विरोध गरेका छन् ।

ग्रीनल्यान्डमा सक्रिय दलहरूले संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन्, “हामी अमेरिकी हुन चाहँदैनौँ ।”

Advertisement

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्यान्डका सम्बन्धमा वासिङ्टनले रुचाए पनि नरुचाए पनि केही गर्न लागेको दोहोर्‍याएपछि उक्त वक्तव्य आएको हो ।

ग्रीनल्यान्डको संसदका पाँच दलका नेताले भने, “हामी अमेरिकी हुन चाहँदैनौँ न त डेनिस नै । हामी ग्रीनल्यान्डवासीका रूपमा पहिचान बनाउन चाहन्छौँ ।”

उनीहरूले भनेका छन्, “ग्रीनल्यान्डको भविष्यबारे ग्रीनल्यान्डवासीले निर्णय गर्नैपर्छ ।”

डेनमार्क र अन्य युरोपेली सहयोगीहरू संयुक्त राज्य अमेरिकाको पहिलेदेखि नै सैन्य आधार रहेको ग्रीनल्यान्डलाई आफ्नो नियन्त्रणमा लिने घोषणाले स्तब्ध भएका छन् ।

अमेरिकी विदेशमन्त्री मार्को रुबिओले ग्रीनल्यान्डका विदेशमन्त्री र डेनमार्कका प्रतिनिधिसँग अर्को साता भेटवार्ता गर्ने कार्यक्रम छ । एएफपी