मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking

‘सुरक्षाको सम्पूर्ण प्रत्याभूति सरकारले गर्छ, तोकिएकै समयमा निर्वाचन हुन्छ’

‘सुरक्षाको सम्पूर्ण प्रत्याभूति सरकारले गर्छ, तोकिएकै समयमा निर्वाचन हुन्छ’


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सरकारले निर्वाचन सुरक्षाको सम्पूर्ण प्रत्याभूति दिलाएको हुँदा तोकिएको समयमा नै निर्वाचन हुनेमा ढुक्क रहन सबैमा आग्रह गरेका छन् ।

निर्वाचनको विकल्प निर्वाचन मात्रै भएको उल्लेख गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचन हुन्छ कि हुन्न भन्ने जनमानसको प्रश्नलाई चिरेर आयोग सम्पूर्ण तयारीमा जुटेको बताए । निर्वाचन प्रशिक्षक प्रशिक्षणसम्बन्धी आयोजित कार्यशालामा उनले निर्वाचन सुरक्षाका लागि आयोगले सरकार र सबै सुरक्षा निकायसँग समन्वय गरिरहेको जानकारी गराए ।

Advertisement

“निर्वाचन हुन्छ कि हुन्न भन्ने संशय विगतका निर्वाचनमा पनि हुने गरेको थियो । निर्वाचनको कुनै विकल्प छैन, संविधानसभाको निर्वाचनका समयमा पनि हुन्छ कि हुँदैन भनेर अघिल्लो दिनसम्म शङ्का–उपशङ्का गरिएको थियो । भोलिपल्ट मतदानको प्रक्रिया सम्पन्न भयो । अहिले त्यही प्रश्न हो । जनमानसमा आउने प्रश्नलाई निर्वाचन मार्फत चिनुपर्छ । निर्वाचन हुन्छ”, कार्यवाहक प्रमुख भण्डारीले भने ।

जेनजी आन्दोलनपछिको फरक पृष्ठभूमिमा निर्वाचन हुन गइरहेकामा विभिन्न प्रश्न उठ्नु स्वभाविक भएको उल्लेख गर्दै उहाँले निर्वाचन सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको स्पष्ट पारे ।

सरकारले सुरक्षा व्यवस्था सुदृढीकरणका लागि सातै प्रदेशमा सुरक्षा गोष्ठीमार्फत विभिन्न राय सुझाव प्राप्त गरी सुरक्षाको विश्लेषण गरिरहेको कार्यवाहक प्रमुख भण्डारीले बताए । आयोगले चुनावको तयारीका क्रममा प्रदेशका प्रमुख सचिव र सचिवहरुसँग पनि परामर्श गरेको उनले बताए ।

शेयर गर्नुहोस:

108
Shares