मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
राजनीति-समाज   

निजीक्षेत्रको सुरक्षा सबैको प्राथमिकता हुनुपर्छ : मन्त्री खरेल

निजीक्षेत्रको सुरक्षा सबैको प्राथमिकता हुनुपर्छ : मन्त्री खरेल


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारले राज्य र सरकारअन्तर्गतका निकायलाई स्वतन्त्र एवं व्यावसायिकरूपमा अघि बढाएको स्पष्ट पार्दै निजीक्षेत्रमा कुनै हस्तक्षेप नगरेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महाङ्घद्वारा आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य सामूहिक पहल’ विषयक कार्यक्रममा मन्त्री खरेलले निजीक्षेत्रलाई सुरक्षित राख्नु अपरिहार्य रहेको उल्लेख गरेका हुन् ।

Advertisement

उनले निजीक्षेत्रको सुरक्षा सबैको प्राथमिकता नबनेसम्म मुलुकअघि बढ्न नसक्ने धारणा व्यक्त गरे । “समाजवादउन्मुख राज्यव्यवस्था अघि बढाउन निजी क्षेत्रलाई नजरअन्दाज गर्न सकिँदैन”, मन्त्री खरेलले भने, “उद्योग, व्यापार र व्यवसायका लागि अनुकूल वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध छ ।”

सोही कार्यक्रममा उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सुनिश्चित भइसकेको भन्दै निर्वाचन हुनेमा कुनै आशङ्का नरहेको स्पष्ट पारे । सरकारले दृढताका साथ निर्वाचन प्रक्रिया अघि बढाइरहेको उनको भनाइ छ ।

शेयर गर्नुहोस:

81
Shares