खेलकुद

आइसिसी टी–२० विश्वकप क्रिकेटका लागि खेलाडी छनोट

आइसिसी टी–२० विश्वकप क्रिकेटका लागि खेलाडी छनोट


शेयर गर्नुहोस:

162
Shares

  • change font
  • change font

काठमाडौँ । आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुने आइसिसी टी–२० विश्वकप क्रिकेट २०२६ का लागि नेपाली क्रिकेट टोलीको प्रारम्भिक चरणमा २४ खेलाडी छनोट भएका छन् ।

सोमबारदेखि सुरू हुने प्रशिक्षण क्याम्पका लागि २४ जना खेलाडी छनोट गरिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

Advertisement

छनोट हुने खेलाडीमा रोहित पौडेल, कुशल भूर्तेल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, नन्दन यादव, सन्दीप लामिछाने र आरिफ सेख छन् ।

यसैगरी आदिल अन्सारी, शेर मल्ल, भीम सार्की, विनोद भण्डारी, अविनाश बोहरा, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, ललित राजवंशी, लोकेश बम, करण केसी, साहब आलम, इशान पाण्डे, बसिर अहमद, प्रतिस जिसी र रुपेशकुमार सिंह पनि छनोटमा परेका छन् ।