मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   
मुख्य समाचार   

उपाधि जित्न विश्वास हुनपर्ने रहेछ कप्तान पौडेल

उपाधि जित्न विश्वास हुनपर्ने रहेछ कप्तान पौडेल


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले हात पारेको छ । लुम्बिनीले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै च्याम्पियन बन्यो ।

उपाधि जितेपछि लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टोलीको उच्च मनोबलका कारण च्याम्पियन बनेको बताए । उनले भने, “उपाधि जित्छौँ भन्ने सुरुदेखि विश्वास थियो । सबै टिम एकजुट भएर लाग्यौँ र च्याम्पियन बन्यौँ ।”

Advertisement

टोलीलाई च्याम्पियन बनाएका रोहितले प्लेअर अफ दी टुर्नामेन्ट हुँदै कार पाएका छन् । लुम्बिनीको सफलता रोहितको प्रदर्शन अलराउन्ड रह्यो । उनी सिजनमा सर्वाधिक दुई सय ७६ रनकर्ताको सूचीमा दोस्रो स्थानमा रहे । रोहितले बलिङतर्फ पनि १० विकेट लिए । रोहित उत्कृष्ट ब्याटर पनि भए । प्रतियोगिताको इमर्जिङ प्लेअर अफ दी टुर्नामेन्ट हुँदै पल्सर बाइक पाए ।

लगातार दोस्रोपटक उपविजेतामै सीमित भएपछि सुदूरपश्चिमका प्रशिक्षक जगत टमटाले फाइनल आफ्नो पक्षमा नपर्दा प्रतियोगिताभर गरेको मेहेनत खेर गएको बताए । उनले भने, “एक महिनादेखि उपाधि जित्ने लक्ष्यका साथ मेहेनत गरेका थियौँ, फाइनलमा चुक्दा सबै मेहेनत खेर गयो ।”

ब्याटिङ नचल्नु नै हारको कारण बनेको प्रशिक्षक टमटाले बताए । उनले भने, “टस जितेर ब्याटिङ रोजेपछि स्कोर नै कम बन्यो जसले गर्दा विपक्षी टोलीले सहजै जित निकाल्यो । आज हाम्रो खराब दिन थियो ।”

शेयर गर्नुहोस:

54
Shares