मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   
मुख्य समाचार   

काठमाडौँ गोर्खाजको दोस्रो जीत, लुम्बिनी लायन्स २२ रनले पराजित

काठमाडौँ गोर्खाजको दोस्रो जीत, लुम्बिनी लायन्स २२ रनले पराजित


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । काठमाडौँ गोर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणमा दोस्रो जित हात पारेको छ । मंगलबार कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा काठमाडौँले लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको हो ।

चार खेल खेलिसकेको काठमाडौँले दोस्रो जितपछि ४ अंक जोडेर तेस्रो स्थानमा छ । पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेपछि काठमाडौँ सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्ससँग लगातार पराजित भएको थियो ।

लुम्बिनीको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा चितवन राइनोजलाई हराएको लुम्बिनी दोस्रो खेलमा कर्णाली याक्ससँग पराजित भएको थियो ।

काठमाडौँले दिएको १५९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९.१ ओभरमा सबै विकेट गुमाएर १३५ रनमै अलआउट भयो ।

लुम्बिनीका लागि शेर मल्लले सर्वाधिक २७ र दिलीप नाथले २५ रन बनाए पनि पर्याप्त भएन ।

बलिङमा काठमाडौँका मिलिन्द कुमार र जेरार्ड एरासमसले दुईरदुई तथा कप्तान करण केसी, शाहव आलम, सन्तोष यादव र रासिद खानले समान विकेट लिए ।

शेयर गर्नुहोस:

108
Shares