मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

नेपाल–श्रीलङ्का व्यापार र हवाई सेवा विस्तार गर्न चेम्बरको पहल

नेपाल–श्रीलङ्का व्यापार र हवाई सेवा विस्तार गर्न चेम्बरको पहल


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी र नेपालका लागि श्रीलङ्काका राजदूत रुवान्थी डेल्पितीयाबीच दुई देशबीचको व्यापार सहजीकरण तथा हवाई सेवा विस्तारका विषयमा मंगलबार काठमाडौँमा छलफल भएको छ ।

छलफलका क्रममा नेपाल–श्रीलङ्काबीचको ऐतिहासिक कूटनीतिक, सामाजिक, सांस्कृतिक तथा धार्मिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै व्यापार विस्तार र पर्यटन प्रवर्द्धनमा सहकार्य गर्नुपर्ने साझा धारणा बनेको चेम्बरले जनाएको छ ।

चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाल–श्रीलङ्का व्यापारको वार्षिक औसत आकार करिब दुई दशमलव ५ मिलियन अमेरिकी डलर मात्र रहेको उल्लेख गर्दै दुई देशबीच व्यापार असन्तुलन रहेको जानकारी दिए । उनका अनुसार नेपालले एक दशमलव ४० मिलियन डलर बराबरका वस्तु आयात गर्दा निर्यात शून्य दशमलव ७० मिलियन डलरमै सीमित रहेको छ ।

चेम्बरले व्यापार विस्तारका लागि चेम्बरले कृषि, जलविद्युत्, सूचना प्रविधि तथा डिजिटल व्यापार, भौतिक पूर्वाधार र निर्माणलगायत क्षेत्रमा द्विपक्षीय लगानी तथा व्यापार सहजीकरण गर्न सकिने प्रस्ताव राजदूतसमक्ष राखेको अध्यक्ष अग्रवालले जानकारी दिए ।

पर्यटन प्रवर्द्धनका लागि सातामा कम्तीमा एक उडान श्रीलङ्का–लुम्बिनी तथा लुम्बिनी–श्रीलङ्का सीधा हवाई सेवा सञ्चालन गर्न सकिने प्रस्ताव चेम्बरले अघि सारेको छ । यसले श्रीलङ्काका बौद्ध धर्मावलम्बी पर्यटकलाई नेपाल आकर्षित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अध्यक्ष अग्रवालको विश्वास व्यक्त गर्नुभयो । साथै, श्रीलङ्का भ्रमणमा जाने नेपाली पर्यटकका लागि भिसा निःशुल्क व्यवस्था गर्न पनि चेम्बरले अनुरोध गरेको छ ।

भेटवार्तामा राजदूत डेल्पितीयाले व्यापार अभिवृद्धिका सम्भावनाहरू सकारात्मक रहेको भन्दै नेपालसँग व्यापार सहजीकरणका क्षेत्रमा आवश्यक सहयोग तथा पहल गर्न आफू प्रतिबद्ध रहेको बताए । साथै, आगामी जुन महिनामा श्रीलङ्कामा आयोजना हुने अन्तर्राष्ट्रिय व्यापार मेलामा सहभागिता जनाउन चेम्बर प्रतिनिधिहरूलाई उनले आग्रह गरे ।

छलफलले दुई देशबीच व्यापार, पर्यटन र आर्थिक साझेदारी विस्तारको दिशामा सकारात्मक वातावरण निर्माण गरेको चेम्बरले जनाएको छ ।

शेयर गर्नुहोस:

54
Shares