क्रिप्टोकरन्सी बजार आज फेरि ठूलो दबाबमा आएको छ। विश्वभर सर्वाधिक कारोबार हुने बिटक्वाइनसँगै इथरियम र एक्सआरपीको मूल्यमा पनि उल्लेखनीय गिरावट देखिएको छ। बजार विश्लेषकहरूले यस गिरावटको मुख्य कारण सरकारी नीतिहरू कडिनु, संस्थागत लगानीकर्ता सतर्क हुनु र विश्वव्यापी आर्थिक अनिश्चितता रहेको बताएका छन्।
बिटक्वाइनको मूल्य लगातार घट्न थालेपछि धेरै ठूला लगानीकर्ता ‘सेल–अफ’ (बिक्री) मा गएको अनुमान छ। यसले अन्य प्रमुख क्रिप्टोहरूमा पनि मनोवैज्ञानिक प्रभाव पार्दै इथरियम र एक्सआरपी समेत तीव्र रूपमा झर्न बाध्य बनाएको देखिन्छ। मूल्य घटेपछि सामान्य लगानीकर्ताले समेत आतिएर बेच्न थाल्दा बजार झन कमजोर बन्न पुगेको छ।
अर्को कारण भनेको सरकारी नियमन (रेगुलेशन) सम्बन्धी कडा चेतावनी हो। केही ठूला देशहरूले क्रिप्टो सट्टा र अवैध कारोबारमा कडाइ गर्ने घोषणा गरेपछि लगानीकर्ता थप जोखिम लिन चाहँदैनन्। यसले संस्थागत लगानी पनि रोकिएको छ, जसले बजारमा तरलता घटाइदिएको छ।
आर्थिक मन्दीको डर, ब्याजदर वृद्धि र सेयर बजारमा अनिश्चितताले पनि क्रिप्टो बजारमा दबाब सिर्जना गरेको मानिन्छ। विशेषज्ञहरूका अनुसार, क्रिप्टो बजार अत्यन्त जोखिममा आधारित भएकाले विश्व अर्थतन्त्रमा सानो समाचारले पनि मूल्यमा ठूलो उतार–चढाव ल्याउन सक्छ।












प्रतिक्रिया