मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   
मुख्य समाचार   

एनपिएल : लुम्बिनीको विजयी सुरूआत

एनपिएल : लुम्बिनीको विजयी सुरूआत


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी लायन्सले विजयी सुरूआत गरेको छ । लुम्बिनीले चितवन राइनोजलाई ६ विकेटले हराएको हो ।

जितका लागि पाएको १४३ रनको लक्ष्य लुम्बिनीले १८.३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । उसका लागि गुलबुद्धिन नैबले अविजित ४४ र कप्तान रोहितकुमार पौडेलले ३९ रन बनाए । बलिङतर्फ चितवनका रिजन ढकालले दुई तथा सोहेल तनविरले एक विकेट लिए ।

यसअघि त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदान कीर्तिपूरमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरको खेलम ७ विकेटको क्षतिमा १४२ रन बनायो ।

चितवनका लागि रवि बोपाराले ६६, कप्तान कुशल मल्लले २१, देव खनालले १४, दीपक बोहराले १०, सैफ जैबले १५ तथा अर्जुन साउदले अविजित १५ रन बनाए । बलिङतर्फ लुम्बिनीका रुबेल ट्रम्पलम्यानले तीन तथा अभिशेष गौतम र गुलबुद्धिन नैबले दुई दुई विकेट लिए ।

शेयर गर्नुहोस:

81
Shares