मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

निर्वाचन एकमात्र विकल्प हो : कांग्रेस नेता कोइराला

निर्वाचन एकमात्र विकल्प हो : कांग्रेस नेता कोइराला


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले मुलुकलाई लोकतान्त्रिक प्रक्रियामा अगाडि बढाउन निर्वाचन एकमात्र विकल्प भएको बताएका छन् ।

कांग्रेस केन्द्रीय कार्यालयमा जारी पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा उनले आगामी फागुन २१ को निर्वाचनमा जान कांग्रेसले सबै राजनीति दल र नागरिक समाजलगायतलाई एकतावद्ध बनाउनुपर्ने बताए ।

Advertisement
ADVERTISEMENT

“यतिबेला कांग्रेस आन्तरिक रुपान्तरणको चरणमा छ भने सँगै देशलाई सही दिशा दिनुपर्ने दायित्व पनि कांग्रेसकै काँधमा छ, मुलुकलाई लोकतान्त्रिक प्रक्रियामा अगाडि बढाउन आम निर्वाचन नै एकमात्र विकल्प हो, त्यही कारण कांग्रेस फागुन २१ को निर्वाचनमा सहभागी हुनुपर्छ,” उनले भने ।

उनले जेनजी आन्दोलनपछि सरकार मात्र बदलिएकाले निर्वाचनमार्फत बन्ने प्रतिनिधिसभाले आवश्यक संविधान संशोधन गरेर जेनजीको जायज माग पूरा गर्नुपर्ने बताए ।

शेयर गर्नुहोस:

54
Shares