मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिस्ट पार्टी हो : संयोजक दाहाल

जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिस्ट पार्टी हो : संयोजक दाहाल


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन गर्ने माग राख्ने जेनजी युवाको अभिभावक नै नेकपा भएको बताएका छन् ।

नेकपा र मातृभूमि जागरण अभियान नेपालबीचको एकता घोषणा सभालाई बुधबार सम्बोधन गर्दै उनले आसन्न महाविशेन र निर्वाचनमा “जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिस्ट पार्टी हो । जेनजी पुस्ताले उठाएको भ्रष्टाचारको अन्त्य र सुशासनको मागलाई हामीले नै पहिलो पटक समर्थन ग¥र्यो”, संयोजक दाहालले भने, “जेनजीको भावना बुझ्ने पार्टी र अर्को पार्टी एकै हुन सक्दैन, महाधिवेशन जाँदा सम्पूर्ण कमिटीमा जेनजी युवाको प्रतिनिधित्व गराउछौँ, बढीभन्दा बढी युवालाई निर्वाचनमा उम्मेदवार बनाउछौँ ।”

कुनै आग्रह र पूर्वाग्रहबिना यो पार्टीलाई क्रान्तिकारी र जनताको भरोसायोग्य साथी बनाइने उल्लेख गर्दै संयोजक दाहालले आगामी निर्वाचनमार्फत नेकपाले नै मुलुकको नेतृत्व गर्ने दाबी गरे । क्रान्तिकारी कम्युनिस्ट ध्रुवीकरणको क्रम सुरु भएको जानकारी दिँदै उनले आगामी दिनमा इमान्दार वामपन्थी नेता कार्यकर्ता नेकपामा समाहित हुने दाबी गरे ।

शेयर गर्नुहोस:

54
Shares