मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

सार्वजनिक स्थल र दुर्गम क्षेत्रमा निःशुल्क वाइफाइ अभियान अगाडि बढाइन्छ : सञ्चारमन्त्री खरेल

सार्वजनिक स्थल र दुर्गम क्षेत्रमा निःशुल्क वाइफाइ अभियान अगाडि बढाइन्छ : सञ्चारमन्त्री खरेल


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशका महत्त्वपूर्ण सार्वजनिक स्थलहरूमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा विस्तारका लागि सरकार प्रतिविद्धताका साथ लागि परेको बताए ।

काठमाडौँका महत्त्वपूर्ण सार्वजनिक स्थानमा उपलब्ध गराइएको निःशुल्क वाइफाइ इन्टरनेट सेवाको बुधबार स्थलगत निरीक्षण गर्दै मन्त्री खरेलले सङ्घीय राजधानी काठमाडौँका संवेदनशील र महत्त्वपूर्ण सार्वजनिक स्थलकासाथै काठमाडौं बाहिरका ग्रामीण क्षेत्रमा इन्टरनेटको पहुँच विस्तारका लागि अभियानकै रूपमा निरन्तर काम गरिने विश्वास व्यक्त गरे ।

मन्त्री खरेलले १९ वटा सार्वजनिक स्थलमा निःशुल्क वाईफाई इन्टरनेट पुर्‍याउन सफल भएको बताउँदै अब दुर्गम क्षेत्रका महत्त्वपूर्ण सार्वजनिक स्थलमा निःशुल्क वाइफाइ इन्टरनेटको पहुँच विस्तार गरिने बताए ।

उनले भने,’काठमाडौँको १९ महत्त्वपूर्ण सार्वजनिक र संवेदनशील क्षेत्रमा निःशुल्क इन्टरनेट विस्तार गर्‍यौ । यसलगत्तै हाम्रो अभियान मुलुकको इन्टरनेट पहुँचको हिसाबले अत्यन्तै दुर्गम मानिएका सोलुखुम्बु, रामेछाप, रौतहट, गुल्मी, म्याग्दी, जुम्ला, वैतडीलगायत जिल्लाका महत्त्वपूर्ण सार्वजनिक स्थलमा निःशुल्क वाइफाइ इन्टरनेट पुर्‍याउने लक्ष्यअनुरूप काम अगाडि बढाइएको छ ।’

नयाँ बसपार्क, केही अस्पताल, पशुपति क्षेत्र परिसर, विमानस्थल, संवेदनशील, महत्त्वपूर्ण र सार्वजनिक सेवा प्रवाहका क्षेत्रमा निःशुल्क वाइफाइ विस्तार गरिएको हो । पाँच वटा स्थानमा नयाँ स्थापना र ९निर्माणाधीन तीन० सहित आठ स्थानमा नयाँ स्थापना गरिएको छ । पहिला वाइफाइ स्थापना भइसकेका स्थानमा मर्मतसम्भार, गुणस्तर वृद्धि र क्षमतार विस्तार गरिएको छ । निःशुल्क वाइफाइको निरन्तरता र दिगोपनाका लागि नेपाल टेलिकम, वल्र्डलिङ्क र भायनेट कम्पनीले निःशुल्क वाइफाइ इन्टरनेट सेवाका लागि सहकार्य गर्ने जनाएका छन् ।

शेयर गर्नुहोस:

54
Shares