मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

चोरी र लुटपाटको अभियोगमा पाँच जना पक्राउ

चोरी र लुटपाटको अभियोगमा पाँच जना पक्राउ


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले उपत्यकाका विभिन्न स्थानमा सुनका सिक्री चोरी तथा लुटपाटमा संलग्न रहेको अभियोगमा पक्राउ परेका पाँच जनाविरुद्ध आठ दिनको म्याद थप गरेको छ ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले नियन्त्रणमा लिई जिल्ला अदालतमा उपस्थित गराएको थियो । म्याद थप अनुमति प्राप्त भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

Advertisement

उनका अनुसार उक्त प्रकरणमा सिन्धुली, हरिहरगढी गाउँपालिका–६ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका–५ स्थित तिनधारेमा डेरा गरी बस्ने २८ वर्षीय राज लामा, उदयपुर, ताप्ली गाउँपालिका–४ घर भई भक्तपुर, बस्ने २० वर्षीय विशाल भन्ने दुर्गबहादुर मगर, रामेछाप, लिखु तामाकोसी गाउँपालिका–६ घर भई भक्तपुर, चाँगुनारायण नगरपालिका–२ सल्लाघारीमा श्रीलक्ष्मी ज्वेलर्स सञ्चालन गर्ने ३२ वर्षीय दिलबहादुर विक, बागलुङ, गल्कोट नगरपालिका–२ घर भई काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–६ सरस्वतीनगर स्थित बागलुङ कालिका ज्वेलर्सका सञ्चालक ४० वर्षीय गोविन्द सुनार, कैलाली लम्कीचुहा नगरपालिका–७ घर भई काठमाडौँ महानगरपालिका–२२ बस्ने २२ वर्षीय दिपेश रसाइली छन् ।

शेयर गर्नुहोस:

54
Shares