मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीको एसएलआर लुटेर प्रदर्शन गर्ने पक्राउ

जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीको एसएलआर लुटेर प्रदर्शन गर्ने पक्राउ


शेयर गर्नुहोस:

189
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीको हतियार लुटपाट गरी प्रदर्शन गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–२६ सुनाकोठीका सम्राट भन्ने राजु परियार रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

उनले भने, “गत भदौ २४ गते भएको प्रदर्शनका क्रममा तोडफोड तथा आगजनी गर्ने कार्यमा संलग्न रही सुरक्षाकर्मीले प्रयोग गर्ने एसएलआर बोकेर सिंहदरबार मूलद्वार अगाडिलगायतका विभिन्न स्थानमा सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी गरी क्षति पुर्‍याएको अभियोगमा परियारलाई पक्राउ गरिएको हो ।”

पक्राउ परेका परियारबिरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २८५ बमोजिम आपराधिक उपद्रव गर्न नहुने समेतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट बुधबार पाँचको म्याद थप गरी अनुसन्धान सुरू गरिएको प्रवक्ता भट्टराईले बताए । साथै, निजको यसअघि पनि विभिन्न मितिमा बैंकिङ कसूर तथा ठगी कसूरजस्ता आपराधिक गतिविधिमा संलग्नता रहेको देखिएको प्रहरीले जनाएको छ ।

शेयर गर्नुहोस:

189
Shares