बिश्व घटना

भारतको राजस्थानमा बसमा आगलागी हुँदा २० जनाको मृत्यु

भारतको राजस्थानमा बसमा आगलागी हुँदा २० जनाको मृत्यु


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font

नयाँ दिल्ली । भारतको पश्चिमी राज्य राजस्थानमा एक निजी बसमा आगलागी हुँदा मङ्गलबार कम्तीमा २० जनाको ज्यान गएको सरकारी अधिकारीहरूले बताएका छन् ।

उक्त चलिरहेको बस राजस्थानको जैसलमेर जिल्लास्थित थायत गाउँ नजिकै सडकमा अचानक आगो लागेको थियो । यो स्थान राजस्थानको राजधानी जयपुरबाट करिब ५४८ किलोमिटर पश्चिममा पर्दछ ।

Advertisement

अधिकारीहरूका अनुसार ५७ यात्रु सवार रहेको बस राजमार्गमा यात्रा गरिरहेको बेला पछाडिको भागबाट धुवा निस्कन थालेपछि चालकले बस रोकेका थिए । तर केही समयमै बस पुरै आगोमा परिणत भयो र धेरै यात्रुहरू बसमै फसेका थिए । आगलागीमा १५ जना गम्भीर घाइते भएका छन्। केही घाइतेहरूको अवस्था गम्भीर रहेको जनाइएको छ ।

यद्यपि आगलागीको कारण अझै पत्ता लाग्न बाँकी रहेको बताइएको छ, प्रहरीका अनुसार बसको भित्र विद्युतीय सर्ट सर्किटका कारण आगो लागेको हुन सक्ने अनुमान गरिएको छ । सिन्ह्वा