काठमाडौँ – अन्तरिम सरकारको प्रधानमन्त्रीका लागि प्रस्तावित पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेलबीच अहिले भेटवार्ता भइरहेको छ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को सचिवालयका सदस्यहरूले यस भेटवार्ताबारे पुष्टि गरेका छन्। साथै, कार्कीले आफूलाई प्रधानमन्त्रीका रूपमा समर्थन गर्ने बालेनलाई पनि यसबारे जानकारी गराएको स्रोतले जनाएको छ।
यसैबीच, जेन-जी युवाहरूको समूहले राष्ट्रपति पौडेललाई आज राति ११ बजेभित्र सुशीलालाई अन्तरिम प्रधानमन्त्रीमा नियुक्त गर्न अल्टिमेटम दिएको छ।
बिहीबार बिहान नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूले वक्तव्य सार्वजनिक गरेपछि दुवै दलका कार्यकर्ताहरू विभिन्न स्थानमा सडकमा उत्रिएका छन्। नाराबाजीसहित प्रदर्शन बढ्दै गएपछि सुरक्षाको कमान्ड सम्हालेको सेना दबाबमा परेको थियो।
युवाहरू पनि विभिन्न पक्षमा विभाजित भई जंगीअड्डा अगाडि झडपमा उत्रिएका छन्। दलका कार्यकर्ताको सडक प्रदर्शन र जेन-जीबीचको तनावका कारण सेनाले बाहिरी जिल्लाबाट समेत फोर्स झिकाएको छ। सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राख्दै सेनाले उपत्यकामा रात्रि गस्तीका लागि विशेष बन्दोबस्ती मिलाएको छ।












प्रतिक्रिया