मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

वैज्ञानिकहरूले पृथ्वीमा दुई अर्ब वर्षअघिको अक्सिजन वृद्धि पत्ता लगाए

वैज्ञानिकहरूले पृथ्वीमा दुई अर्ब वर्षअघिको अक्सिजन वृद्धि पत्ता लगाए


शेयर गर्नुहोस:

135
Shares

  • change font
  • change font
  • change font

सिड्नी । अनुसन्धानकर्ताहरूको एक अन्तर्राष्ट्रिय टोलीले करिब दुई अर्ब वर्षअघिदेखि पृथ्वीको वायुमण्डल कसरी अक्सिजन–कम अवस्थाबाट अक्सिजन–धनी अवस्थातर्फ परिवर्तन भयो भन्ने विषयमा नयाँ जानकारी सार्वजनिक गरेको छ ।

प्राचीन सल्फेट खनिजहरूमा संरक्षित उच्च–रिजोलुसन अक्सिजन आइसोटोप रेकर्डहरूको विश्लेषणमार्फत टोलीले वायुमण्डलीय अक्सिजनको वृद्धिसँग महासागरहरूको गतिशील अन्तरक्रिया पुनर्निर्माण गरेको वेस्टर्न अस्ट्रेलिया विश्वविद्यालय (युडब्लुए) ले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अध्ययनले पेलियोप्रोटेरोजोइक (दुई अर्ब ५० करोडदेखि एक अर्ब ६० करोड वर्षअघि), नियोप्रोटेरोजोइक (एक अर्बदेखि ५३ करोड ८८ लाख वर्षअघि) र पेलियोजोइक (५३ करोड ८८ लाखदेखि २५ करोड २० लाख वर्षअघि) युगमा वायुमण्डलीय अक्सिजन वृद्धिका तीन प्रमुख चरणहरू भएको प्रमाण भेटिएको जनाएको छ ।

‘पृथ्वीको वायुमण्डलमा अक्सिजनको वृद्धि, अक्सिजन–सास फेर्ने जटिल जीवनको विकास, ग्रहहरूको बासयोग्यता र महत्त्वपूर्ण प्राकृतिक स्रोतहरूको सिर्जनाका लागि आधारभूत मानिन्छ’, युडब्लुएको स्कुल अफ अर्थ साइन्सेजका म्याथ्यु डोडले भने ।

चीनको चेङ्दु युनिभर्सिटी अफ टेक्नोलोजीको नेतृत्वमा युडब्लुएको सहकार्यमा सम्पन्न र ‘नेचर’ मा प्रकाशित यस अध्ययनले नियोप्रोटेरोजोइक अक्सिजन वृद्धिपछि पृथ्वीका विशाल अक्सिजन–गरिब महासागरहरूले आवधिक अक्सीकरण चरणहरू अनुभव गरेको देखाएको छ ।

यी घटनाहरूको परिणामस्वरूप सयौँ लाखौँ वर्षको अवधिमा कार्बन, सल्फर र अक्सिजन आइसोटोपमा समन्वित परिवर्तनहरू देखिए, जसले बढ्दो वायुमण्डलीय अक्सिजनले बारम्बार क्षणिक समुद्री अक्सीकरणलाई उत्प्रेरित गरेको सुझाव दिन्छ ।

‘यी निष्कर्षहरूले पृथ्वीमा जीवनको उत्पत्ति र विकाससँगै खनिज भण्डार तथा पेट्रोलियम स्रोतहरूको निर्माणलाई बुझ्नका लागि महत्त्वपूर्ण वातावरणीय ढाँचा उपलब्ध गराउँछन्,’ डोडले भने । सिन्ह्वा

शेयर गर्नुहोस:

135
Shares