मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

रवि लामिछानेलाई नक्खु कारागार ल्याइयो

रवि लामिछानेलाई नक्खु कारागार ल्याइयो


शेयर गर्नुहोस:

405
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । कारागार व्यवस्थापन विभागले सहकारी ठगी मुद्दामा रुपन्देही कारागारको थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई नक्खु कारागारमा सरुवा गरेको छ ।

शनिबार साँझ उनलाई जहाजमार्फत त्रिभूवन विमानस्थल ल्याइएको र त्यहाँबाट नक्खु कारागार लगिएको विभागका सूचना अधिकारी सन्देशप्रसाद जोशीले जानकारी दिए ।

Advertisement
ADVERTISEMENT

कारागार सरुवाका लागि सभापति लामिछानले दिएको निवेदनका आधारमा शुक्रबार विभागले नक्खु कारागार सार्ने निर्णय गरेको थियो । उक्त निर्णय विभागले शुक्रबार राति नै रुपन्देही कारागारमा पठाएको थियो । सोही आधारमा उनलाई कारागार सरुवा गरिएको जोशीले बताए ।

सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर उनलाई जहाजमार्फत त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल र त्यहाँबाट आवश्यक सुरक्षा व्यवस्थाका साथ गाडीमा नक्खु लगिएको हो । लामिछानेलाई ल्याउन लागिएपछि समर्थक र कार्यकर्ता नक्खु कारागार क्षेत्र र विमानस्थल क्षेत्रमा उपस्थिति भएका थिए ।

भीड बढी भएकाले उनको सुरक्षालाई ध्यानमा राखेर विमानस्थल आयल निगमको बाटो भएर विमानस्थलबाट नक्खु लगिएको प्रहरीले जनाएको छ ।

शेयर गर्नुहोस:

405
Shares