मकवानपुर। नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मंगलबार बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
बाँनियाले सोमबार नेपाली काँग्रेस र नेकपा एमालेका ६४ सांसदको समर्थन सहित मुख्यमन्त्री बन्नका लागि दाबी प्रदेश प्रमुखसमक्ष पेश गरेका थिए ।
यसैबीच, बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार दिउँसो मुख्यमन्त्रीमा नियुक्त बानियाँलाई हेटौँडास्थित प्रदेश प्रमुखको कार्यालयमा एक समारोहबीच प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पद तथा गोपनियताको शपथग्रहण गराएका हुन् ।
प्रदेश प्रमुख देवकोटाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नेपाली कांग्रेस र नेकपा (एमाले)का ६४ जना प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित बानियाँले सोमबार प्रदेश प्रमुख देवकोटासमक्ष मुख्यमन्त्रीको दाबी पेश गरेका थिए ।
मुख्यमन्त्री बानियाँले एमालेबाट छ जना र कांग्रेसबाट दुई जना गरी आठ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका छन् । बानियाँको सिफारिसमा आठ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
मुख्यमन्त्री बानियाँको सिफारिसमा एमालेका मधुसूदन पौडेल कृृषि तथा पशुपक्षी विकासमन्त्री, डा दिनेशचन्द्र देवकोटा भौतिक पूर्वाधार विकासमन्त्री, जयराम थापा श्रम रोजगार तथा यातायातमन्त्री, भरतबहादुर केसी वन तथा वातावारणमन्त्री, किरण थापा स्वास्थ्यमन्त्री र विन्दु श्रेष्ठ उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्रीमा नियुक्त भएका छन् ।
यस्तै, कांग्रेसबाट कृष्णकुमार तामाङ खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री र शिवराज अधिकारी बिनाविभागीय मन्त्रीमा नियुक्त भएका छन् । नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख देवकोटाले पद तथा गोपनीयताको शपथग्रहण गर्राए ।
बानियाँ को हुन् ?
इन्द्रबहादुर बानियाँ नेपाली राजनीतिमा लामो समयदेखि सक्रिय, खरो स्वभावका र स्पष्ट धारणा राख्ने नेताका रूपमा परिचित नाम हो । पार्टीभित्र निरन्तर संगठित रुपमा अगाडि बढ्दै आएका बानियाँ अहिले बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका हुन् ।
उनको राजनीतिक यात्रा, सामाजिक सक्रियता र नेतृत्व क्षमताले उनलाई प्रदेश राजनीतिमा अग्रपंक्तिको नेतृत्वमा पुर्याएको छ।
२०२७ साल भदौं १५ गते मकवानपुरको हर्नामाडी-४, दियावतीमा जन्मनु भएका बानियाँ हाल हेटौँडा–५ सानोपोखरा र ललितपुरको धापाखेल-१ मा बसोबास गर्दै आएका बानियाँले आफ्नो राजनीतिकयात्रा २०४४ सालमा सुरु गरे। त्यसपछि २०५१ सालमा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी भए ।
२०५२ सालमा नेपाल विद्यार्थी संघ मकवानपुर जिल्ला सहसचिव, २०५५ सालमा नेपाल तरुण दलमकवानपुरका सचिव र २०५६ सालमा तरुण दलजिल्ला अध्यक्ष बने। सोही वर्षदेखि नेपाली कांग्रेसको महासमिति सदस्यको जिम्मेवारीमा रहँदै आएका छन्।
२०५८ सालमा पार्टीको जिल्ला सदस्य बनेका बानियाँ २०६४ सालमा पहिलो संविधानसभा सदस्य निर्वाचनमा भने पराजित भए। २०७० मंसिर ४ गतेको दोस्रो संविधान सभा निर्वाचनमा प्रत्यक्षतर्फबाट निर्वाचित भए।
बानियाँ २०७२ सालेदेखि २०७९ सम्म नेपाली कांग्रेस मकवानपुरको जिल्ला सभापतिको भूमिकामा रहेका थिए। बानियाँ २०७४ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री नियुक्त भए। सोही वर्ष नै गृह राज्यमन्त्रीको जिम्मेवारी सम्हाले।
२०७४ मंसिर २१ गते सम्पन्न प्रदेशसभा निर्वाचनमा मकवानपुर क्षेत्र नं-१ (ख) बाट प्रत्यक्ष निर्वाचित भई प्रदेशसभा प्रवेश गरे। त्यसपछि २०७४ पौष ३ गते काँग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा सर्वसम्मत रूपमा चयन भए ।
२०७८ सालमंसिर २० गतेदेखि हालसम्म नेपाली काँग्रेस बागमती प्रदेश सभापति छन्। बाँनिया २०७९ मंसिर ७ गते प्रदेश सभा सदस्यमा पुनःनिर्वाचित भए। २०८२ साउन १४ गते उनी नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा निर्वाचित भए।
राजनीतिक जीवनसँगै उनी सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशील रहेका छन्। मकवानपुर उद्योग वाणिज्य संघ र मकवानपुर निर्माण व्यवसायी संघका सल्लाहकार, त्रिखण्डेश्वर महादेव संरक्षण तथा पर्यटन विकास समितिको अध्यक्ष, मकवानपुर बहुमुखी क्याम्पसको कार्यसमिति सदस्य र छात्रवृत्ति समितिको संयोजकको जिम्मेवारी सम्हाली सकेका छन्।
बानियाँ स्पष्ट विचार र खरो अभिव्यक्तिका लागि चिनिने नेता हुन्। आफ्नै दलका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर नेतृत्व परिवर्तन गराउन सफल बन्नु उनको राजनीतिक परिपक्वताको प्रमाण हो। संगठन निर्माण, जनसम्पर्क र लोकतान्त्रिक अभ्यासमा उनको पकड बलियो छ।












प्रतिक्रिया