मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

लोकतन्त्र बलियो बनाउन पूर्वराष्ट्रपतिलाई सक्रिय राजनीतिमा फर्काइएन : महासचिव पोखरेल

लोकतन्त्र बलियो बनाउन पूर्वराष्ट्रपतिलाई सक्रिय राजनीतिमा फर्काइएन : महासचिव पोखरेल


शेयर गर्नुहोस:

594
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले लोकतन्त्रलाई बलियो बनाउनका लागि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा नफर्काइएको बताएका छन् ।

पार्टीको प्रचार तथा प्रकाशन विभागले बुधबार आयोजना गरेको पार्टीको नवौँ केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक कार्यक्रममा उनले पूर्वराष्ट्रपति भण्डारी एमालेमा प्रवेश गर्दा पार्टी बलियो हुने भए पनि लोकतन्त्र कमजोर हुने बताए।

Advertisement

पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा सक्रिय हुने दलीय कोणबाट मात्र नहेरेर समग्र राष्ट्रको लोकतान्त्रिक र भविष्यसँग जोडेर हेर्नुपर्ने उनको भनाइ थियो।

‘उहाँ हाम्रो पार्टीको आन्दोलनमा आउँदा हामीलाई फाइदा पनि पुग्थ्यो होला। तर लोकतन्त्रको मूल्यलाई कमजोर बनाएर दललाई बलियो बनाउने कुरा राम्रो होइन,’ महासचिव पोखरेलले भने, ‘लोकतन्त्रको मूल्य स्थापित गर्ने कुरा लोकतान्त्रिक पार्टीको कर्तव्य हो भनेर बुझ्नुपर्दछ। स्वाभाविक रूपमा प्रभावशाली व्यक्ति पार्टीमा जोडिने कुरा पार्टीका लागि लाभको विषय हुनसक्ला तर राष्ट्रका लागि केही हुन्छ भन्ने कोणबाट पनि हामीले सोच्नुपर्दछ।’

महासचिव पोखरेलले पूर्वराष्ट्रपति भण्डारी आफैँ राजनीतिमा सामेल नभएर राजनीतिको अभिभावकको भूमिमा रहनुपर्ने बताए।

‘राजनीति बिग्रन थाल्यो भने सपार्ने हो तर आफैँ दलीय राजनीतिमा आउने होइन। लोकतन्त्रलाई सही दिशामा अघि बढाउने कुरामा उहाँको भूमिका रहन्छ, उहाँ घरमा चुप लागेर बस्नुुहुन्छ भनेर पार्टीको अपेक्षा होइन,’ महासचिव पोखरेलले भने, ‘उहाँले मुलुकलाई सही दिशा दिन सक्नुहुन्छ। सामाजिक भूमिकामा सक्रिय बन्न सक्नुहुन्छ भन्ने पार्टीले अपेक्षा गरेको छ।’

शेयर गर्नुहोस:

594
Shares