मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

देश स्थिरताको बाटोमा गएकाले अब द्रुत सेवा प्रवाह आवश्यक छ : उपसभापति खड्का

देश स्थिरताको बाटोमा गएकाले अब द्रुत सेवा प्रवाह आवश्यक छ : उपसभापति खड्का


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font
  • change font

सुर्खेत । नेपाली कांग्रेसका उपसभापति एवं पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्काले देशमा स्थिर सरकार बनेकाले अब जनताले अनुभूत गर्ने गरी सेवा प्रवाह आवश्यक रहेको बताएका छन् ।

नेपाली कांग्रेस सुर्खेतद्वारा आज आयोजित सङ्गठन र समसामयिक विषयमा केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा उनले संसद्का दुई ठूला पार्टी मिलेर छ/छ महिनामा विश्वासको मत लिनुपर्ने अवस्था अन्त्य भई देश स्थिरताको बाटोमा गएको बनाएका हुन् ।

Advertisement

स्थिर सरकारले अब काममा जोड दिनुपर्छ भन्दै उपसभापति खड्काले भने,“दुई ठूला राजनीतिक दलबीचको सहकार्यका कारण देशमा सङ्घीय, प्रदेश र स्थानीय तीनै तहका सरकारहरू स्थिर देखिएका छन् । अब जनतालाई त्यहीअनुसारको डेलिभरी दिन आवश्यक छ ।”

उनले हालै सम्पन्न कांग्रेसको सात दिने विस्तारित बैठकलाई ऐतिहासिक भन्दै बैठकमा सङ्घीय, प्रदेश र स्थानीय तहका सरकारहरूको कार्यसम्पादनको समग्र समीक्षा गरिएको बताए ।

उपसभापति खड्काले पार्टीभित्रको सङ्गठन सुदृढीकरणका लागि विधानअनुसार केन्द्रीय अनुशासन समितिको निर्णय गरेको र त्यसमा चित्त नबुझेमा केन्द्रीय सभापतिमार्फत कार्यसमितिमा पुनरावेदन गर्न सकिने स्पष्ट व्यवस्था रहेको स्मरण गराए ।

उनले क्रियाशील सदस्यता वितरण तथा नवीकरणसम्बन्धी कार्यहरू पार्टी विधानअनुसार जिल्ला तहकै अधिकार क्षेत्रभित्र पर्ने भएकाले यी कार्य तत्काल अघि बढाउन निर्देशन दिए ।

शेयर गर्नुहोस:

108
Shares