मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखसहित तीन जना नियन्त्रणमा

मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखसहित तीन जना नियन्त्रणमा


शेयर गर्नुहोस:

216
Shares

  • change font
  • change font
  • change font

काठमाडाैँ । भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुख कुमार आचार्यसहित तीन जना घुस रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित केन्द्रीय कार्यालयबाट खटिएको टोलीले २४ लाख ५० हजार रुपैयाँ घुस रकमसहित उनीहरूलाई पक्राउ गरेको हो।

Advertisement

चाँगुनारायण नगरपालिका क्षेत्रभित्र रहेको १४ रोपनी ४ आना जग्गालाई मोही र तलसिङको लगत कट्टा गरी मोहीको नाममा प्रमाण पूर्जा बनाइदिने प्रयोजनका लागि माग गरिएको घुस रकमसहित उनीहरू नियन्त्रणमा लिइएको आयोगले जनाएको छ।

कार्यालय प्रमुख आचार्यसँगै भूमिसुधार शाखाका नायब सुब्बा दिपक प्रसाद अधिकारी र कार्यालय सहयोगी टिकाराम राउत पनि पक्राउ परेका छन्। आयोगका अनुसार आचार्यको साथबाट दुई थान मोबाइल डिभाइस, नायब सुब्बा अधिकारीको साथबाट एक थान मोबाइल, र कार्यालय सहयोगी राउतको साथबाट पनि एक थान मोबाइलसहित घुस रकम फेला पारिएको हो।

घटना भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरको परिसरमै भएको र अहिले थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।

शेयर गर्नुहोस:

216
Shares