काठमाडौं । पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा जय नेपाल फउण्डेशनले ‘सकारात्मक सोच र जय नेपाल फउण्डेशन’ कार्यक्रम आयोजना गर्यो । कार्यक्रमका प्रमुख वक्तामा नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा थिए। उनले कोइराला लडाकु व्यक्ति भएको उल्लेख गरे ।
उनले पार्टी विभाजन भएको समयमा राजा र गिरिजा एउटै हुन् भनेर भनेको कुरालाइ पनि स्मरण गरे । नेपाली काग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले युवा पलायनलाई रोक्न देशमै रोजगारी सिर्जना गर्नुपर्ने बताए ।
कार्यक्रममा सहमहामन्त्री डिना उपाध्यायले नेपाली कांग्रेसको मूल मुहानको रुपमा रहेका युवा विद्यार्थीहरु जो स्ववियुमा उठेर अबको नेपाली कांग्रेसका साथै देशलाई थाम्ने लक्ष्य लिएकालाई हौसला प्रदान गर्नका लागि यो कार्यक्रम गरेर फाउन्डेशनले राम्रो गरेको बताइन् ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य एव नेपाल बिद्यार्थी संघका पुर्व अध्यक्ष नैनसिह महर, केन्द्रीय सदस्य आङगेलु शेर्पा , गोबिन्द भट्टराई, नेपाल बिद्यार्थी संघका पुर्व अध्यक्ष रंजित कर्ण, जय नेपाल फाउन्डेशन नेपालका अध्यक्ष बद्रि अर्याल लगायतले कार्यक्रममा आफ्नो मन्तब्य राखेका थिए ।
जय नेपाल इन्टरनेशनल फाउन्डेशनका संस्थापक सदस्य विश्व बरालले संस्था स्थापनाको उद्देश्य र यसले गरिरहेका कार्यहरूको बारेमा प्रकाश पारेका थिए । जय नेपाल इन्टरन्याशनल फाउन्डेशनका युवा तथा महिला संजालले संयुक्त रुपमा आयोजना गरेका हुन् ।
जय नेपाल इन्टरनेशनल फाउन्डेशनको अध्यक्षमा युवा बैज्ञानिक तथा नेपाल विद्यार्थी संघका महामन्त्री डा. यादव पण्डित रहेका छन्। जय नेपाल इन्टरन्याशनल फाउन्डेशनका युवा तथा महिला संजालले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रमको अध्यक्षता बिनीता अधिकारी ले गरेकी थिइन भने दीपा शिवाकोटिले संचालन संचालन गरेकी थिईन।












प्रतिक्रिया