मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

भोजपुरको एकै परिवारका चार जनाको हत्या

भोजपुरको एकै परिवारका चार जनाको हत्या


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font
  • change font

भोजपुर । रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीमा एकै परिवारका चार जनाको हत्या भएको छ ।

शनिबार राति भोजपुर नगरपालिका–२ घर भएका ३० वर्षीय राजेन्द्र राईले १६ वर्षीया श्रीमती मनिषा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासू मञ्जु गिरी र नौ वर्षीय सालो सपन गिरीको धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक श्रेष्ठका अनुसार घटनापश्चात राई आफैँले आइतबार बिहान प्रहरीलाई फोन गरेर घटनाका बारेमा जानकारी गराएका थिए । राईको पनि पेटमा गहिरो चोट लागेको छ ।

जिल्ला अस्पतालमा उपचारपश्चात थप उपचारका लागि उनलाई बाहिर रेफर गरिएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ । प्रहरीले घटनास्थल पुगेर शवको मुचुल्का उठाइरहेको छ ।

आरोपित राई करिब एक हप्ताअघिबाट ससुरालीमा बस्दै आएको रामप्रसादराई–२ का वडासदस्य जीवन जर्गा मगरले जानकारी दिए । घरायसी विवादका कारण घटना भएको हुनसक्ने उनको भनाइ छ ।

शेयर गर्नुहोस:

108
Shares