काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले नेपालको भौतिक पूर्वधार र पर्यटन क्षेत्रमा थप लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह गरेका छन् ।
नेपाल भ्रमणमा रहेको मलेसिया–नेपाल व्यापार परिषद्को प्रतिनिधि मण्डलमा सहभागी लगानीकर्तासँग आज मन्त्रालयमा भएको भेटमा उनले नेपालको पूर्वाधार विकास र पर्यटनमा राम्रो सम्भावना रहेको उल्लेख गर्दै थप लगानी गर्न अनुरोध गरेका हुन् ।
अर्थमन्त्री पौडेलले भने, “निजी क्षेत्रबाट लगानीका लागि नेपालमा उपयुक्त वातावरण छ। हाम्रा नीतिहरू लगानीमैत्री छन्। लगानीका क्षेत्रहरू पहिचान गरी अघि बढनुहोस्, सरकार आवश्यक सहयोग गर्न र सहजीकरण गर्न तयार छ ।”
प्रतिनिधि मण्डलमा सहभागीहरूले सूचना प्रविधि, व्यापार, जलविद्युत् , पूर्वधार, वातावरण, पर्यटनलगायत क्षेत्रमा लगानी गर्नेबारे चासो व्यक्त गरेका थिए ।
प्रतिनिधि मण्डलमा मलेसिया–नेपाल व्यापार परिषद्का अध्यक्ष प्रदीपकुमार कुकरेजा, डा चाइ कि खान, गणेशकुमार वनगाह, एमके संग्राहलगायत सहभागी थिए ।
प्रतिक्रिया