नेपाल

पूर्वराष्ट्रपति भण्डारीले सुरक्षाबाहेक कुनै पनि सेवा सुविधा नलिने घोषणा

पूर्वराष्ट्रपति भण्डारीले सुरक्षाबाहेक कुनै पनि सेवा सुविधा नलिने घोषणा


शेयर गर्नुहोस:

918
Shares

  • change font
  • change font

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराष्ट्र प्रमुखका हैसियतले नेपाल सरकारले उपलब्ध गराउने सेवासुविधामध्ये सुरक्षाबाहेक कुनै पनि नलिने घोषणा गरेकी छन् ।

उनको सचिवालयबाट गृह मन्त्रालयका सचिवलाई सम्बोधन गरी पत्र लेखेर उक्त विषय जानकारी गराइएको हो ।

Advertisement

पूर्वराष्ट्रपति भण्डारीको सचिवालयले लेखिएको पत्रमा आजकै मितिदेखि लागु हुनेगरी सुरक्षाबाहेकका कुनै पनि सेवासुविधा नलिने निर्देशन भएको उल्लेख छ ।

उनले आफ्नो कार्यकाल पूरा गरी सेवानिवृत्त भएपछि पूर्वराष्ट्र प्रमुखका हैसियतले नेपाल सरकारले उपलब्ध गराउने सेवासुवधा लिँदै आएकी थिइन् ।